चीनद्वारा डिजिटल सवारी दर्ता लाइसेन्स जारी | Khabarhub Khabarhub

चीनद्वारा डिजिटल सवारी दर्ता लाइसेन्स जारी


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार ६० सहरमा सवारी साधन दर्ता लाइसेन्स नीतिलाई ट्राफिक व्यवस्थापन सेवामार्फत परिष्कृत गर्न डिजिटाइज्ड सवारीसाधन दर्ता गर्ने नीति सुरु गरेको छ ।

चिनियाँ कानूनले सवारी चलाउँदा चालकले सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र दुवै बोक्नुपर्छ । मन्त्रालयले सोमबार बेइजिङ र तियानजिनलगायतका ६० सहरमा २१ करोड ५० लाखभन्दा बढी डिजिटलाइज्ड इजाजतपत्र जारी गरेको छ ।

मन्त्रालयले यसको ट्राफिक व्यवस्थापन १२१२३ प्लेटफर्ममा अटो रिप्लेसमेन्ट सब्सिडी कार्यक्रम प्रवद्धन गर्न अनलाइन ट्राफिक सेवाहरूमा पनि सुधार गरेको छ । यसबाट ६३ हजारभन्दा बढी चालक लाभान्वित भएका छन् ।

सुधारिएको अनलाइन ट्राफिक सेवाले ४० लाखभन्दा बढी व्यक्ति र उद्यमलाई शुद्धता र सुविधा प्रदान गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : ५७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले