एकल महिला समूहले स्थापना गर्यो ‘शान्ति ग्यालरी’ « Khabarhub

एकल महिला समूहले स्थापना गर्यो ‘शान्ति ग्यालरी’


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मानव अधिकारका लागि महिला, एकल महिला समूहले बूढानीलकण्ठ–७ स्थित छहारी भवनमा सशस्त्र द्वन्द्वपछिको शान्ति प्रक्रियासँग सम्बन्धित ‘शान्ति ग्यालरी’ स्थापना गरेको छ ।

आज कलात्मक सजावटसहितको ग्यालरी उद्घाटन गर्नुका साथै सोही स्थलमा ‘आराध्याती’ शालिकको अनावरण गरिएको छ । शान्ति ग्यालरीमा नेपालमा भएको सशस्त्र युद्ध र त्यसबाट नेपाली समाजमा परेको प्रभाव, एकल महिला भएर बालबच्चासहित समाजमा बाँच्नका लागि गर्नुपरेका सङ्घर्ष, शान्ति प्रक्रियाका लागि बनेका ऐन, कानुन, आयोगका गतिविधिका तस्बिर राखिएका छन् ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपाली समाजमा महिलालाई महत्व नदिने प्रवृत्तिका कारण हरेक पाइलामा हुने हिंसा र एकल भएपछि भोग्नुपर्ने पीडालाई ग्यालरीले उजागर गरेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापाले द्वन्द्व वा अन्य समयमा श्रीमान्को मृत्युपछि समाज र परिवारमा शान्ति कायम राखेर अगाडि बढ्नसक्ने महिलाको योगदानलाई अभिलेखीकरण गरिएको बताए ।

समूहका अध्यक्ष कविता पाँडेले आफूहरु कम्बोडियाको भ्रमणमा जाँदा त्यहाँ शान्ति ग्यालरीको अवलोकन गरेपछि नेपालमा पनि यस्तो बनाउनुपर्छ भन्ने सोच आएको बताए ।

कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले एकल महिला समूहले महिला सशक्तीकरणका लागि गरिरहेका अभियान प्रेरणादायी र अनुकरणीय रहेको उल्लेख गरे ।

त्यस अवसरमा लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनका प्रमुख प्याट्रियाले नेपाली एकल महिला समूहले एकजुट हुनुमा नै शक्ति छ भन्ने उदाहरण प्रस्तुत गरेको धारणा राखे ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ११ : ०२ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले