आज २०८१ साल साउन १७ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन १७ गते बिहीबारको राशिफल


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन १७ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट १ तारिख। साउन कृष्ण पक्षको द्वादशी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। मनमा सोचेका काम पूरा हुनेछन्। सहकार्यमा भएको लगानीबाट फाइदा हुनेछ। अधिकारको लडाइँमा सफलता मिल्नेछ। आफन्तबाट साथ सहयोग मिल्नेछ। सामाजिक काममा सेवाको अवसर प्राप्त हुनेछ।

वृष : बोलीमा सरस्वतीको बास रहेको छ। सोचेर बोल्नु राम्रो हुन्छ। राजनीतिमा झुकाव रहनेछ। आफ्नो संगठन बलियो रहेकाले राजनीतिमा अवसर मिल्ने योग छ। समाजको सेवा गर्दागर्दै आफ्नो ख्याल नगर्दा रोगको प्रकोप बढ्ने सम्भावना छ।

मिथुन : धार्मिक कार्यको कुरा सुन्दा झर्को लाग्नसक्छ। व्यापार व्यवसासयमा मन्दी आउनेछ। नयाँ सोच आउनेछ। लगानीका क्षेत्रमध्ये शिक्षाबाट नाफा, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रको लगानीबाट उन्नती हुने योग रहेको छ। पारिवारिक सम्बन्ध अझ कसिलो हुनेछ।

कर्कट : आम्दानी बढ्नेछ। स्वदेशमा नै गरेको लगानीले उत्साह मिल्नेछ। सम्पत्तिको प्रभावमा डुब्नाले इज्जत र मान ओझेलमा पर्न सक्छन्। सतर्क रहनुहोला। परिवारमा खटपटी बढ्न सक्छ।

सिंह : आफ्नो कर्मको फल प्राप्त हुने दिन छ। अधिकारको क्षेत्रमा भने तपाईंको पक्षमा न्याय हुनेछ। लगानीको क्षेत्रमध्ये वैदेशिक लगानीमा फाइदा हुनेछ। गोप्य रुपमा गरेको कामबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कन्या : आज नाम, दाम, इनाम मिल्नेछ। मनमा उत्साह बढ्नेछ। अरुलाई तर्साएर, भड्काएर आफ्नो काम बन्नेछ। लगानीका स्रोतमध्ये कृषि, पशुपन्छी, घरजग्गा कारोबारबाट आम्दानी बढ्नेछ। परिवारमा भने राम्रो मेलमिलाप रहला।

तुला : दैनिकी राम्रो छ। आफ्नो बोल्ने कला र गलाको तर्फबाट उत्कृष्ट बन्ने दिन छ। नसोचेको ठाउँमा सम्पत्ति खर्च हुनेछ। व्यापार व्यवसायमा ठूलो लगानी नगर्नु राम्रो हुनेछ। पारिवारिक क्षेत्रबाट भने रचनात्मक साथ मिल्नेछ।

वृश्चिक : समय राम्रो छ। लगानीको क्षेत्रबाट उन्नतति र प्रगति होला। आफ्नो उचाई आफैले नबुझ्दा पश्चाताप हुनसक्छ। रोग बढ्ने देखिन्छ। खानपानमा ख्याल गर्नुहोला। पारिवारसँगको सम्बन्ध सुमधुर बन्दा दिन रमाइलो हुनेछ।

धनु : आजको यात्रामा थोरै लगानीबाट राम्रो नाफा कमाउने योग छ। सामाजिक क्षेत्रमा झुकाव रहनेछ। राजनीतिक क्षेत्रमा सेवाका अवसर जुट्नेछन्। प्रतिष्ठित व्यक्तिसँगको भेटघाटले मनमा उत्साह थपिनेछ।

मकर : समय सामान्य छ। तपाईंको संगठित मित्रहरु विरोधी कित्तामा रहेकाले गोपनीयता कायम राख्नुपर्ने देखिन्छ। राजनीतिक झुकाव भएका साथीभाइ थोरै भएपनि सकारात्मक छन्। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ : आज बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। तपाईंकै बोलीका कारण झुटो आरोप लाग्नसक्छ। शनिको दशा भएकाले धार्मिक कार्यमा सहभागी हुनु फाइदा जनक हुनेछ। परिवारको भने साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आज आफ्नो सुरक्षा र इज्जत आफैले जोगाउने दिन छ। इच्छा विपरीतका काम गर्नुपर्ने हुनसक्छ। रचनात्मक कार्यमा आलस्यता बढ्ने देखिन्छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारका सादस्यको साथ मिल्नेछ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ५ : ०६ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड