नवलपुरमा २५ अर्ब ४४ करोड राजस्व संकलन « Khabarhub

नवलपुरमा २५ अर्ब ४४ करोड राजस्व संकलन


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २५ अर्ब बढी राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा रु २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार राजस्व संकलन गरेको हो । 

आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तशुल्कतर्फ २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार राजस्व संकलन गरेको जनाएको छ । 

कार्यालयले गत आवमा आयकरतर्फ ६७ करोड ४६ लाख १७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४२ करोड ३१ लाख ३९ हजार, ब्याज रु छ करोड ९२ लाख ९२ हजार, स्वास्थ्य सेवातर्फ तीन करोड ९२ लाख ८८ हजार, घर बहालतर्फ एक करोड ९२ लाख ८४ हजार र अन्य रु दुई लाख ४१ हजार राजस्व संकन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए।

आव २०८०-८१ मा कार्यालयलाई ३७ अर्ब ४१ करोड १५ लाख ५४ हजार राजस्व संकलनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्यको आधारमा गत आवमा ६८ दशमलव ०२ प्रतिशत राजस्व संकलन भएको उनले बताए। आव २०७९-८० को तुलनमा गत आवमा कम राजस्व संकलन भएको उनको भनाइ छ । 

आव २०७९-८० मा २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व संकलन भएको थियो । गत आवमा अन्तशुल्कतर्फ मात्र ३६ अर्ब राजस्व संकलनको लक्ष्य प्रदान गरिएको थियो । 

खपत बढ्ने अनुमानका साथ धेरै लक्ष्य राखिएकामा अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्तशुल्कको संकलनमा कमी आएको सूचना अधिकारी सुवेदीले बताए। 

‘जिल्लामा राजस्व संलनको ठूलो हिस्सा अन्तशुल्कको रहेको छ । यसमा माग बढेर खपत धेरै हुँदा मात्र राजस्व धेरै हुने हो, सोचे अनुसार खपत नहुँदा राजस्वको लक्ष्य प्राप्ति गर्न सकिएन’, उनले भने, ‘लक्ष्यअनुसार राजस्व संकलन नभए पनि तुलनात्मक रुपमा यो सकारात्मक परिणाम हो ।’

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १ : २० बजे

सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न

काठमाडौं- यही वैशाख २८ गतेदेखि नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डामा

सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको

क्रियाशील सदस्यता अद्यावधिक गर्दै कांग्रेस, तल्लो तहका सदस्यका समस्या समाधानमा जोड

गण्डकी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा सक्रिय

सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : ट्रम्प

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको

‘पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउनुपर्छ’

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको