श्रीमान्-श्रीमती खटपट बढ्यो ? अपनाउनोस् यी धार्मिक उपाय « Khabarhub

श्रीमान्-श्रीमती खटपट बढ्यो ? अपनाउनोस् यी धार्मिक उपाय


१७ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीमान् श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । श्रीमान् श्रीमती मिले मात्रै परिवार पनि सुन्दर बन्छ । परिवार-परिवार मिलेर समाज बनेको हुन्छ । उखानै छ नि- श्रीमान् श्रीमतीको झगडा परालको आगो । तर बारम्बार बिनाकारण यस्ता विवाद हुनु र बढ्दै झगडामा परिणत हुनु चाहिँ चिन्ताजनक मानिन्छ ।

यस्तो स्थिति हुनुमा घरको वास्तु समस्या, कुण्डलीमा ग्रह दोष, आदि कारण हुन सक्छन् । यस्तोमा यी दोष हटाउन सकेमा दाम्पत्य जीवन सुखमय बनाउन सकिने धार्मिक विश्वास छ ।

दाम्पत्य जीवन सुखमय बनाउने उपाय

१. घरमा वास्तु दोषका कारण पैदा भएका नकारात्मक ऊर्जा झगडाका कारण बन्न सक्छन् । यस्तोमा घरको भुईँ पुछ्दा पानीमा थोरै नुन मिलाएमा घरमा शान्ति आउने विश्वास गरिन्छ ।

२. हरेक दिन बिहान बेलुका पूरै घरमा कपूर बालेर घुमाएमा यसले पनि वास्तु दोष नाश गर्ने र घरमा सकारात्मक ऊर्जा आउने धार्मिक विश्वास छ ।

३. हरेक शुक्रबार माता लक्ष्मीको उपासनासँगै भगवान् विष्णुको पनि पूजा गरेमा श्रीमान्-श्रीमती विवाद क्रमशः  घट्ने धार्मिक विश्वास छ । यसका लागि पूजामा रस भएको मिठाई अर्पित गरी दुवैले यो प्रसाद खाएमा सम्बन्धमा मधुरता आउने धार्मिक विश्वास छ ।

४. बेसारको बोटको ७ गाँठोलाई पहेँलो धागोले बाँधेर, बाँधिएको गाँठो दायाँ हातमा लिएर ‘ॐ नमो भगवते वासुदेवाय नमः’ मन्त्रको ७ पटक जप गरे श्रीमान्-श्रीमती सम्बन्धमा सुधार आउने धार्मिक विश्वास छ । यस्तोमा बाँधिएको गाँठोलाई रातो कपडामा बाँधेर बेडरूमको कसैको नजर नपर्ने स्थानमा राखे वैवाहिक जीवनमा मधुरता छाउने धार्मिक विश्वास छ ।

जी न्यूजबाट

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ५ : २६ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको