श्रीमान्-श्रीमती खटपट बढ्यो ? अपनाउनोस् यी धार्मिक उपाय « Khabarhub

श्रीमान्-श्रीमती खटपट बढ्यो ? अपनाउनोस् यी धार्मिक उपाय


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीमान् श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । श्रीमान् श्रीमती मिले मात्रै परिवार पनि सुन्दर बन्छ । परिवार-परिवार मिलेर समाज बनेको हुन्छ । उखानै छ नि- श्रीमान् श्रीमतीको झगडा परालको आगो । तर बारम्बार बिनाकारण यस्ता विवाद हुनु र बढ्दै झगडामा परिणत हुनु चाहिँ चिन्ताजनक मानिन्छ ।

यस्तो स्थिति हुनुमा घरको वास्तु समस्या, कुण्डलीमा ग्रह दोष, आदि कारण हुन सक्छन् । यस्तोमा यी दोष हटाउन सकेमा दाम्पत्य जीवन सुखमय बनाउन सकिने धार्मिक विश्वास छ ।

दाम्पत्य जीवन सुखमय बनाउने उपाय

१. घरमा वास्तु दोषका कारण पैदा भएका नकारात्मक ऊर्जा झगडाका कारण बन्न सक्छन् । यस्तोमा घरको भुईँ पुछ्दा पानीमा थोरै नुन मिलाएमा घरमा शान्ति आउने विश्वास गरिन्छ ।

२. हरेक दिन बिहान बेलुका पूरै घरमा कपूर बालेर घुमाएमा यसले पनि वास्तु दोष नाश गर्ने र घरमा सकारात्मक ऊर्जा आउने धार्मिक विश्वास छ ।

३. हरेक शुक्रबार माता लक्ष्मीको उपासनासँगै भगवान् विष्णुको पनि पूजा गरेमा श्रीमान्-श्रीमती विवाद क्रमशः  घट्ने धार्मिक विश्वास छ । यसका लागि पूजामा रस भएको मिठाई अर्पित गरी दुवैले यो प्रसाद खाएमा सम्बन्धमा मधुरता आउने धार्मिक विश्वास छ ।

४. बेसारको बोटको ७ गाँठोलाई पहेँलो धागोले बाँधेर, बाँधिएको गाँठो दायाँ हातमा लिएर ‘ॐ नमो भगवते वासुदेवाय नमः’ मन्त्रको ७ पटक जप गरे श्रीमान्-श्रीमती सम्बन्धमा सुधार आउने धार्मिक विश्वास छ । यस्तोमा बाँधिएको गाँठोलाई रातो कपडामा बाँधेर बेडरूमको कसैको नजर नपर्ने स्थानमा राखे वैवाहिक जीवनमा मधुरता छाउने धार्मिक विश्वास छ ।

जी न्यूजबाट

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ५ : २६ बजे

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो