सांसदहरूलाई गृहमन्त्रीको जवाफ- कसैको रहरले मात्रै फाइल खुल्दैन, मुद्दा चल्दैन « Khabarhub

सांसदहरूलाई गृहमन्त्रीको जवाफ- कसैको रहरले मात्रै फाइल खुल्दैन, मुद्दा चल्दैन


१७ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरूले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानुनबिना कसैलाई पनि मुद्दा चल्न नसक्ने बताए ।

‘फाइल खोल्ने भनेको के हो ? मुद्दा चलाउने भनेको होला नि, लोकतन्त्रमा मुद्दा कानुनबेगर चल्छ?, रहरमा कसैलाई पनि मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुन बमोजिम चल्छ भन्ने मेरो आग्रह छ’, उनले भने, ‘कुनै मुद्दा चलेको छ भने छुट्ने कुरा पनि कानुन बमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो ।’

मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय सदाचार भएको लेखकले बताएका छन् ।

‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रद्धिबद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘संसदीय समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।’

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  २ : ०६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया