पाँच वर्षदेखि धनगढी उपमहानगरको आन्तरिक आयमा वृद्धि « Khabarhub

पाँच वर्षदेखि धनगढी उपमहानगरको आन्तरिक आयमा वृद्धि


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्यांक अनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको हो ।

आर्थिक वर्ष २०७६-७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक वर्ष आन्तरिक आम्दानी बढ्दै गएको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए। 

उनका अनुसार उपमहानगरले आव २०७६-७७ मा १४ करोड ५४ लाख ७३ हजार आन्तरिक आम्दानी गरेकामा आव २०७७-७८ मा २० करोड ६० हजार, आव २०७८-७९ मा रु २२ करोड १८ लाख २९ हजार, आव २०७९-८० मा रु २७ करोड ९२ लाख १५ हजार र गत आवमा रु ३३ करोड १२ लाख ५२ हजार आम्दानी गरेको छ ।

राजस्व शाखा प्रमुख ओझाले भने, ‘हरेक वर्ष उपमहानगरको आन्तरिक आम्दानी बढ्दै गएको छ । करका दायरा बढ्दै जाँदा आन्तरिक आम्दानी बढ्दै गएको हो ।’ उपमहानगरले गत आवमा सम्पत्ति करबाट तीन करोड ४४ लाख २९ हजार, भूमिकर रु एक करोड पाँच लाख ४५ हजार, बहालकर सात करोड ५५ लाख ८१ हजार, बहाल बिरौटीकर ४५ लाख १२ हजार, सवारिसाधन कर रु छ लाख ४० हजार र अन्य करबाट पाँच लाख ४९ हजार यथार्थ आम्दानी गरेको उनले जानकारी दिए।

राजस्व शाखा प्रमुख ओझाका अनुसार सरकारी सम्पति बहालबाट प्राप्त आय ९४ लाख १७ हजार, सरकारी सम्पत्ति बिक्रीबाट ६७ हजार, अन्य सेवा शुल्कबाट ३८ लाख ७७ हजार, शिक्षा क्षेत्रको आम्दानी २३ लाख १९ हजार, पार्किङ शुल्कबाट ७८ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट रु तीन करोड नौ लाख ६९ हजार, सिफारिस दस्तुरबाट एक करोड ९२ लाख ७१ हजार यथार्थ आम्दानी भएको छ ।

व्यक्तिगत घटना दर्ता दस्तुर १६ लाख १८ हजार, नाता प्रमाणित दस्तुर चार लाख ८७ हजार, अन्य दस्तुरबाट नौ लाख ३६ हजार, प्रशासनिक दण्डजरिवानाबाट ७४ लाख २९ हजार, व्यवसायबाट तीन करोड ९८ लाख ५६ हजार, अन्य राजस्व सात करोड ९२ लाख ३४ हजार, बेरुजुबापत छ लाख ५८ हजार, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार, विज्ञापन करबाट पाँच हजार र अन्यबाट नौ लाख १३ हजार यथार्थ आम्दानी भएको उनले जानकारी दिए।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  २ : ४८ बजे

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित