गुरु बराल बने एमाले उपाध्यक्ष, मुकुन्द न्यौपाने र लीलानाथ स्थायी कमिटी सदस्य « Khabarhub

गुरु बराल बने एमाले उपाध्यक्ष, मुकुन्द न्यौपाने र लीलानाथ स्थायी कमिटी सदस्य

पार्टी प्रवेश गरेकासहित १७ जना केन्द्रीय कमिटीमा मनोनीत


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य गुरु बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनीत गरेको छ ।

तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा बराललाई मनोनीत गरिएको महासचिव शंकर पोखरेलले बताए ।

‘उपाध्यक्षको रिक्त पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनीत गरिएको छ । दुईजनालाई स्थायी कमिटीमा बढुवा गरिएको छ। एकीकृत समाजवादीबाट आउनु भएका हाम्रा पुराना नेता मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा ल्याएका छौँ’, उनले भने।

न्यौपाने यसअघि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका उपाध्यक्ष थिए । समाजवादी छाडेर एमालेमा फर्किएका न्यौपानेलाई स्थायी कमिटी सदस्य बनाएको हो ।

महासचिव पोखरेलका अनुसार केन्द्रीय सदस्यमा १७ जना मनोनीत गरिएको छ। पार्टी प्रवेशका क्रममा आएकाहरू चारजना सिन्धुपाल्चोकका सुवास कर्मचार्य, सप्तरीका जितेन्द्र देव, रौतहटका कुन्दनराज कुशवाह र सिरहाका रामप्रीत रामलाई केन्द्री सदस्यमा मनोनीत गरिएको उनले बताए ।

त्यसैगरी पार्टीका नेताहरू कृष्णभक्त पोखरेल (चितवन), कमल तिमल्सिना (अछाम), मुख्य सचेतकसमेत रहेका महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की) र आशा जबेगु (पाँचथर) सहित १७ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरिएको पोखरेलले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ४ : ३२ बजे

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा