उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरबार छिरेनन् बालेन र सुनिता « Khabarhub

उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरबार छिरेनन् बालेन र सुनिता


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


38k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार दिउँसो उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटघाट कार्यक्रम मन्त्रालयमै राखेका थिए ।

फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनसहितको टोली सिंहलाई भेट्न सिंहदरबार छिरेको थियो ।

महर्जनले ललितपुर, भक्तपुर र काठमाडौंकै विभिन्न नगरपालिकाका मेयर र उपमेयरलाई लिएर सिंहसँग वार्ता गरे, संस्थाका माग पत्र पनि बुझाए ।

तर उक्त फोरमका सदस्यका रुपमा रहेका काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर दुवैजना उक्त भेटघाटमा सहभागी भएनन् ।

उपप्रधानमन्त्री सिंहले फोहरमैला व्यवस्थापनमा देखिने समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने बताएको उक्त भेटघाटमा उपत्काकाको प्रमुख सहरका दुवैजना नेतृत्व अनुपस्थित हुनुलाई अर्थपूर्ण मानिएको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा बालेन्द्र साह विजयी हुँदा प्रकाशमान पत्नीसमेत रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा समेटिएकी थिइन् ।

उता उपमेयर सुनिता डंगोलले कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई भारी मतान्तरले हराएकी थिइन् ।

यस्तोमा बिहीबार सिंहदरबारमा सबैभन्दा धेरै फोहोर उत्पादन गर्ने र त्यसको व्यवस्थापनमा पनि नेतृत्वदायी भूमिका खेल्ने काठमाडौं महानगरकै नेतृत्वले मन्त्री सिंहसँग भेट्न अनिच्छा जनाएको हो ।

यसअघि संघीय मन्त्रीहरूसँगको भेटलाई मेयर बालेन्द्रले बहिष्कार गर्दै आएका थिए । तर उपमेयर सुनिताले भने उपत्यका मेयर्स फोरम संघको सदस्यका रुपमा मन्त्रीहरूलाई डेलिगेशनसँगै भेट्ने गरेकी थिइन् । यस पटक भने मन्त्री सिंहलाई भेट्न सुनिता पनि सिंहदरबार छिरिनन् ।

भेटमा उपप्रधानमन्त्री सिंहले फोहरमैला व्यवस्थापन पटक पटक समस्या आउँदा संक्रमण फैलिने त्रास भएकाले दीर्घकालीन समाधान गर्ने बताए ।

उता ललितपुर महानगरका मेयर महर्जनले भने सडक बत्तीको बिजुलीको बिल स्थानीय तहलाई तिराउन ठीक नहुने बताएका थिए ।

मेयर्स फोरमले सडक बत्तीको बिल विद्यु्त् प्राधिकरणले नागरपालिकाका नाममा पठाएको भन्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्वभित्र पर्ने उक्त भेटमा जनाएको थियो ।

उपत्यका मेयर्स फोरमका अध्यक्ष महर्जन र काठमाडौंका मेयर साहबीच यसअघि पनि अनमनको अवस्था थियो । साहले एक कार्यक्रममा आफूलाई पहिले बोल्न नदिएको भनेपछि महर्जनसँग नोकझोंक भएको थियो । त्ययसता साह उपत्यका मेयर फोरमममा सक्रिय छैनन्।

कहाँ थिए दुवैजना ?

काठमाडौं उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् । तर अन्य पालिकाका प्रतिनिधि सिंहदरबारमा छिर्दा काठमाडौंका मेयर र उपमेयर भने बागेश्वरी पुगेका थिए

जहाँ २०७९ माघमा निर्माण थालिएको काठमाडौं महानगरपालिका वडा नम्बर ८ को भवन उद्घाटन कार्यक्रम राखिएको थियो ।

सिंहदरबारमा मेयर्स फोरमका सदस्य र उपप्रधानमन्त्री सिंहबीच वार्ता चलिरहँदा काठमाडौंका मेयर बालेन्द्र र उपमेयर सुनिता भने २०७९ माघ १३ गते शिलान्यास गरेर जयवागेश्वरीमा निर्माण पूरा भएको मौलिक शैलीको वडा भवन उद्घाटमा व्यस्त थिए ।

महानगरपालिकाको तीन करोड रुपैयाँ लागतमा बनाएको भवनको दुवैले संयुक्त रुपमा उद्घाटन गरे ।

पशुपति क्षेत्र विस्तारका क्रममा २५ वर्षअघि वडा भवन भत्काइएको थियो । भवन भत्काइएपछि पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरी कार्यालय रहेको जयवागेश्वरीमा वडा कार्यालय चलिरहेको थियो ।

नयाँ भवन त्यससँगैको नेपाल वेद विद्याश्रमको नाममा रहेको जग्गामा बनाइएको हो । यो भवनको तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका थिए । तर उनले शिलान्यास गरेपछि विवाद हुँदा भवन निर्माण अघि बढेको थिएन ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ५ : ०२ बजे

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल