सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक « Khabarhub

सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन् । 

जबकी गतवर्षको सोही अवधिमा पाँच लाख ३४ हजार दुई सय सात पर्यटक नेपाल आएका थिए । यसवर्षको जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एक सय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७६ हजार सात सय ३६ र जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटनले नेपाल भ्रमण गरेका छन् ।

सन् २०२४ को जुलाईमा विदेशी पर्यटक आगमन झण्डै १२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार गतवर्षको जुलाईको तुलनामा यसवर्षको सोही अवधिमा ११ दशमलव नौ प्रतिशतले विदेशी पर्यटक बढेका हुन् । 

यसवर्षको जुलाईमा ६४ हजार पाँच सय ९९ विदेशी पर्यटक आगमन भएकामा गतवर्षको सोही अवधिमा यो सङ्ख्या ७५ हजार सातसय २६ थियो । बोर्डका अनुसार सन् २०२२ को जुलाईमा ४४ हजार चार सय ६२, सन् २०२१ मा तीन हजार ६३, सन् २०२० मा एक सय ९६ पर्यटक नेपाल आएका थिए । 

कोरोना महामारी सुरु हुनुभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१९ को जुलाईमा ७० हजार नौ सय १६ विदेशी पर्यटकका नेपाल आगमन भएको थियो । 

जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार चार सय ९१, अमेरिकाबाट सात हजार आठ सय ६४, चीनबाट ६ हजार आठ सय १९, बेलायतबाट तीन हजार आठ सय छ र बंगलादेशबाट तीन हजार चार सय ७० विदेशी पर्यटक नेपाल आएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ५ : १३ बजे

‘अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक’ 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित

माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध

एजेन्सी – माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

पुसभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अगाडि बढ्याैँ : कांग्रेस महामन्त्री थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम जनताको परिवर्तनको आकाङ्क्षा

नौ बुँदे माग राखेर आन्दोलनमा उत्रिए ईपीएस पीडित (तस्बिरहरू)

काठमाडौं– रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरू आन्दोलनमा

सलमान खानको ‘ब्याटल अफ गलवान’ले निम्त्यायो  विवाद, तथ्य बङ्ग्याएको आरोप

काठमाडौं– सन् २०२० मा गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच