उपप्रधानमन्त्री सिंहले भने- नतिजा देखिनेगरी काम भइरहेको छ « Khabarhub

उपप्रधानमन्त्री सिंहले भने- नतिजा देखिनेगरी काम भइरहेको छ


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिनेगरी मन्त्रालयले काम गरिरहेको बताएका छन् । 

मन्त्रालयमा आज काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनसहितको समूहसँग भएको भेटमा उनले उपत्यकामा देखिएको समस्यालाई समाधान गर्न मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने र छिट्टै नतिजा देखिने बताए । 

‘स्मार्ट सिटीका लागि जग्गा रोक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो सुनिएको छ । चाँडै नतिजा देखिनेगरी मन्त्रालयले काम अघि बढाएको छ । समस्या सम्बोधन हुन्छ भन्नेमा विश्वस्त हुन् आग्रह गर्छु’, उपप्रधानमन्त्री सिंहले भने । 

मेयर्स फोरमका अध्यक्ष महर्जनले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै वर्षौदेखि स्मार्ट सिटिका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्नुपर्ने, सडक बत्तीको बिल विद्युत् प्राधिकरणले नगरपालिकाका नाममा पठाएको जानकारी गराउँदै पहल गरिदिन आग्रह गरे  । 

यस विषयमा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको महसुलको विषयमा ऊर्जा मन्त्रालयसँग छलफल गरेर समाधानतर्फ लैजाने बताए। उनले स्वच्छ उपत्यका र सफा बागमती बनाउनु आफ्नो प्राथमिकता रहेको भन्दै खोलामा सिधैँ ढल बन्द गर्ने कार्यमा मिलेर सहकार्य गर्न आग्रह गरे।  

उपत्यका मेयर्स फोरममा तीन गाउँपालिकासहित १८ स्थानीय तह छन् । 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ६ : २३ बजे

यज्ञराजको दाबी : एमाले ओखलढुंगामा विवाद छैन, एजेन्डाले चुनाव जित्छौँ

ओखलढुङ्गा- नेकपा एमालेले ओखलढुङ्गामा अरूलाई आक्षेप नलगाई आफ्नै एजेन्डाका आधारमा

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ

हवल्दार नै रास्वपाको चुनावी प्रचारमा लागेपछि पुगे हिरासत

काठमाडौं- नेपाल प्रहरीका एकजना बहालवाला हवल्दार नै राष्ट्रिय स्वतन्त्र पार्टीको

कूटनीतिक दबाबपछि यूएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन