हमासद्वारा इस्माइल हानियाको अन्त्येष्टिका लागि ‘क्रोध दिवस’ को आह्वान « Khabarhub

हमासद्वारा इस्माइल हानियाको अन्त्येष्टिका लागि ‘क्रोध दिवस’ को आह्वान


१७ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

दाेहा – प्यालेस्टिनी लडाकू समूह हमासले आफ्ना मारिएका नेता इस्माइल हानियाको अन्त्येष्टिमा शुक्रबार कतारमा ‘उग्र क्रोध दिवसको’ आह्वान गरेको छ ।

हमासले बिहीबार विज्ञप्तिमा तेहरानमा हानियाको हत्यापछि इजरायलमाथि आक्रमणको आरोप लगाउँदै सार्वजनिक आक्रोश फैलाउन प्रोत्साहन गर्नुका साथै गाजा पट्टीमा जारी युद्धको पनि विरोध गरेको छ ।

“शुक्रबार नमाजपछि प्रत्येक मस्जिदबाट क्रोध मार्च सुरु गरौँ”, हमासले भनेको छ । हमासको राजनीतिक नेतृत्वका अन्य सदस्यहरूसँगै कतारमा निर्वासनमा रहेका हानियाको इरानी राजधानी तेहरानमा बिहीबार आयोजित सार्वजनिक अन्तिम संस्कारपछि शुक्रबार खाडी राज्यमा अन्त्येष्टि गरिने भएको छ ।

इरानको रिभोल्युसनरी गार्डले हानिया र एक अङ्गरक्षक तेहरानमा उहाँहरूको आवासमा बुधबार बिहानै भएको आक्रमणमा मारिएको बताएको छ । उक्त आक्रमणले व्यापक क्षेत्रीय द्वन्द्वको डर उत्पन्न गरेको छ ।

हमासले ‘कब्जा गरिएको पश्चिम किनारमा हाम्रा क्रान्तिकारी मानिसहरूको समुदाय’ लाई गाजामा प्यालेस्टिनीहरूका लागि आफ्नो समर्थन देखाउन तथा ‘हाम्रो भूमि र राष्ट्रिय अधिकारहरूप्रति हाम्रो प्रतिबद्धता पुष्टि गर्न र ९इजरायली० कब्जाको योजनाहरूको सामना गर्न’ आह्वान गरेको छ ।

हमास नेताको अन्तिम संस्कारका क्रममा बिहीबार तेहरानमा शोक मनाउनेहरूको भीड जम्मा भयो र इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले प्रार्थनाको नेतृत्व गरे ।

हानियाको हत्यापछि अम्मानमा विरोध प्रदर्शन सुरु भएको छ । त्यहाँ हजारौँ जोर्डनबासी बुधबार इजरायली दूतावासबाहिर भेला भएका थिए । लेबनानमा प्यालेस्टिनी शरणार्थी शिविरहरू र ट्युनिशिया तथा मोरक्कोका राजधानीहरूमा पनि प्रदर्शनहरू भएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १० : १३ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा