थाई एयर एसियाले पायो उडान अनुमति, भैरहवाबाट सातामा चार उडान गर्ने « Khabarhub

थाई एयर एसियाले पायो उडान अनुमति, भैरहवाबाट सातामा चार उडान गर्ने


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थाइ एयर एसियालाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट व्यावसायिक उडान गर्ने अनुमति दिएको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार थाइ एयरले एक हप्तामा सात उडानको अनुमति मागेको थियो । जसमध्ये चार वटा भैरहवा र तीन उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न अनुमति दिएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार अब थाइ एयर एसियाले हप्तामा चार दिन भैरहवा विमानस्थलबाट बैंकक उडान गर्ने छ ।

हाल भैरहवाबाट नेपाल एयरलाइन्सले हप्तामा एउटा मात्रै बैंककसम्म उडान गर्दै आएको छ । यसअघि भैरहवामा हिमालय एयरलायन्स र जजिरा एयरलायन्सले उडान गरेका थिए । पछिल्लो समय दुबैले उडान स्थगन गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ११ : १५ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि