थाई एयर एसियाले पायो उडान अनुमति, भैरहवाबाट सातामा चार उडान गर्ने « Khabarhub

थाई एयर एसियाले पायो उडान अनुमति, भैरहवाबाट सातामा चार उडान गर्ने


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थाइ एयर एसियालाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट व्यावसायिक उडान गर्ने अनुमति दिएको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार थाइ एयरले एक हप्तामा सात उडानको अनुमति मागेको थियो । जसमध्ये चार वटा भैरहवा र तीन उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न अनुमति दिएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार अब थाइ एयर एसियाले हप्तामा चार दिन भैरहवा विमानस्थलबाट बैंकक उडान गर्ने छ ।

हाल भैरहवाबाट नेपाल एयरलाइन्सले हप्तामा एउटा मात्रै बैंककसम्म उडान गर्दै आएको छ । यसअघि भैरहवामा हिमालय एयरलायन्स र जजिरा एयरलायन्सले उडान गरेका थिए । पछिल्लो समय दुबैले उडान स्थगन गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ११ : १५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग