म्यानचेस्टर सिटीको लगातार तेस्रो जित, हाल्यान्डको ह्याट्रिक « Khabarhub

म्यानचेस्टर सिटीको लगातार तेस्रो जित, हाल्यान्डको ह्याट्रिक


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्ट सिटीले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा वेस्टह्याम युनाइटेडलाई ३–१ गोलले हराउँदै सिटीले तेस्रो जित निकालेको हो ।

सिटीका लागि एर्लिङ हाल्यान्डले ह्याट्रिक गरेका थिए भने वेस्टह्यामलाई एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो । सिटीका रुवेन डायसले आत्मघाती गोल गरेका थिए ।

सिटीका हाल्यान्डले खेलको १०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर सिटीका डायसले १९औँ मिनेटमा आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

त्यसपछि हालान्डले ३०औँ र ८३औँ मिनेटमा गोल गर्दै ह्याट्रिकसहित सिटीलाई ३–१ गोलको जित दिलाए ।

यो जितसँगै म्यानचेस्टर सिटी तीन खेलबाट ९ अंकसहित तालिकाको शीर्षस्थानमा छ । पराजित भएको वेस्टह्याम ३ अंकका साथ चौथो स्थानमा छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ९ : २० बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले