पूर्वप्रधानमन्त्री प्रचण्डबाट नेपालगञ्ज रंशगालाको अवलोकन | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री प्रचण्डबाट नेपालगञ्ज रंशगालाको अवलोकन


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् ।

हिजो मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गरेका प्रचण्डले आज नेपालगञ्ज रंगशालाको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताए । उनले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताए ।

‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुद मन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो’, उनले भने, ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ ।’

यही वर्ष कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिन अध्यक्ष प्रचण्डले खेलाडीहरुलाई आग्रह गरे ।

अध्यक्ष प्रचण्डले दशौँ राष्ट्रिय खेलकुदको सफलताको शुभकामना पनि व्यक्त गरे । उनले खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको स्पष्ट गरे ।

 

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ९ : ५० बजे

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता