मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन– २ को अमेरिकाबाट घोषणा « Khabarhub

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन– २ को अमेरिकाबाट घोषणा


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– सर्वाधिक पुरस्कार राशीका दुई नेपाली अन्तर्राष्ट्रिय रियालिटी शो को घोषणा गरिएको छ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन– २ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको हो ।

एक्रोन शहरको कोप्ले खेल मैदानमा नेपालका बरिष्ठ कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहेको एक खुला साङ्गीतिक समारोहका साथमा आयोजक संस्था इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गरेका हुन् ।

कार्यक्रम अनुसार  विश्वका विभिन्न मुलुकहरूमा स्थलगत अडिसनहरू तय गरिएका छन् भने दोस्रो संस्करणको अडिसनको सुरुवात सन् २०२५ को फेब्रुअरीको मध्यमा अमेरिकाबाट गरिने छ ।

नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भएपनि नेपालीकला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्ने सम्पूर्ण नेपालीभाषी समुदायका लागि शो आयोजना गर्न लागिएको फाउण्डेसनका अध्यक्ष अधिकारीले जानकारी दिए ।

फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोपमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्डमा, मध्यपूर्वका लागि दुबईमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतका लागि सिक्किम र नेपालका दमक, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरू आयोजना गरिनेछ ।

सहभागी हुन चाहने प्रतिस्पर्धीहरूले फाउण्डेसनको वेबसाइटबाट आवेदन दिन सक्ने छन् । विश्वभरबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरूलाई थप प्रतिष्पर्धाका लागि काठमाडौं लगिने बताइएको छ ।

भ्वाइसका लागि १२० र डान्सका लागि १२० गरी २४० प्रतिस्पर्धीहरू काठमाडौं लगिने छन् । दुबै शो का विजेतालाई १ करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

दोस्रो संस्करणको घोषणा कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिष्पर्धाका लागि १८ वर्ष पूरा भएको नेपालीमूलका व्यक्ति हुनुपर्ने, प्रतिष्पर्धीले प्रस्तुत गर्ने सबै प्रस्तुतिहरू नेपाली कला र संस्कृतिसँग सम्बन्धित हुनुपर्ने छ ।

यी दुई ‘शो’को पहिलो सिजन सन् २०२३ मा नेपालमा सम्पन्न भएको थियो । जसमा गायनतर्फ भारत  सिक्किमका प्रीतम राई र नृत्यतर्फ थाइल्याण्डकी खुसी कार्कीले प्रथम पुरस्कार जितेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १२ : ४० बजे

राष्ट्रियसभा : सीमा विवाददेखि स्वास्थ्य क्षेत्रको विषय उठान

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्वास्थ्य क्षेत्रको सुदृढीकरणदेखि सीमा विवादसम्म

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी– बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै पुगेर

रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी अध्ययन गर्न जाँचबुझ समिति गठन

काठमाडौं– सरकारले सङ्गीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवाद,

रास्वपा सांसदहरूका कुरा सुन्दै रवि लामिछाने (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग सभापति रवि लामिछानेले एक्लै छलफल

वैशाखमा पक्राउ परे एक हजार बढी लागूऔषध कारोबारी

काठमाडौं– वैशाख महिनामा देशभरबाट एक हजार ५६ जना लागूऔषध कारोबारमा