पलेशाको सफलताबारे पूर्वराजा शाह- अनेकौँ प्रतिकूलताबीच देशको गौरव बढाइन् « Khabarhub

पलेशाको सफलताबारे पूर्वराजा शाह- अनेकौँ प्रतिकूलताबीच देशको गौरव बढाइन्


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पारा ओलम्पिकमा नेपालका लागि पहिलो पटक पदक दिलाउन सफल पालेशा गोवर्धनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बधाई दिएका छन् ।

पेरिसस्थित ग्राण्ड प्यालेसमा भएको पारा ओलम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्धनले नेपालका लागि कास्य पदक जितेपछि पूर्वराजा शाहबाट पनि बधाई आएको हो।

६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालका लागि पहिलो पदक प्राप्त गरेको खबरले आफूलाई खुसी तुल्याएको पनि उनले बताएका छन् । पूर्वराजा शाहका संवाद सचिव डा. फणिराज पाठकले आइतबार जारी गरेको वक्तव्यमा अनेकन प्रतिकुलतकाबीच मिलेको सफलताले खुसी तुल्याएको बताएका छन् ।

‘देशले विभिन्न चुनौतीहरूको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौँ प्रतिकुलताका बावजुद नेपाली खेलकुद इतिहासमै ठूलो सफलता दिलाएकी छन् । यसले नेपालको राष्ट्रिय गौरब बढाएको हामीले महशुस गरेका छौँ’, उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठूलो पदक जित्न सफल भएकोमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनसहित तेक्वान्दो एसोशियसन र तेक्वान्दो टीमलाई यो सफलताको लागि बढाई तथा शुभकामना !’

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : ०७ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले