‘नमेटिएको घाउ’ फ्लप भएपछि रमितको आरोप : नेताको अभिनयले बहिष्कारमा परियो « Khabarhub

‘नमेटिएको घाउ’ फ्लप भएपछि रमितको आरोप : नेताको अभिनयले बहिष्कारमा परियो


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक रमित ढुङ्गानाले फिल्म ‘नमेटिएको घाउ’ बक्स अफिसमा असफल हुनुको आरोप त्यसमा अभिनय गर्ने नेताहरूलाई लगाएका छन् ।

रमितको डेब्यू निर्देशन रहेको उक्त फिल्ममा हालका प्रधानमन्त्री एवम्‌ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम्‌ पूर्वप्रधानमन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्‍ ज्ञानेन्द्र शाही लगायतको अभिनय रहेको छ ।

उनले सामाजिक सञ्‍जाल फेसबुकमा ‘३३ एसिड पीडितको सत्य घटनामा आधारित फिल्म दर्शक र राजनीतिक दलका सदस्यबाट बहिष्कृत भएको’ तर्क राखेका छन् ।

नेतालाई अभिनय गराएको कारण दर्शकले फिल्म बहिष्कार गरेको उनको बुझाइ छ । उनले खबरहबसँग भने, ‘नेताहरू भएकै कारण मेरा आफन्तले पनि फिल्म बहिष्कार गर्नुभएको छ ।’

राजनीतिक दलका सदस्यले आफ्नो मात्र नेतालाई अभिनय नगराएको कारण फिल्म बहिष्कार गरेको उनले दाबी गरेका छन् । उनी लेख्छन्, ‘दर्शकबाट बहिष्कारका कारण…त्यो नेतालाई किन चलचित्रमा राखेको ? हाम्रो मात्र नेता राखेको भए हुन्थ्यो । त्यसैले हामी नहेर्ने सरी रमित !’

उनले औंल्याएको दोस्रो कारण ओली–माधवको राजनीतिक दुस्मनीप्रति लक्षित देखिन्छ । यद्यपि; उनले कुन पार्टीले कुन नेताका कारण फिल्म बहिष्कारमा परेको खुलाउन चाहेका छैनन्‌ ।

उनी भन्छन्, ‘कमेन्ट र मेसेजमा आएको प्रतिक्रिया आएको आधारमा स्ट्याटस लेखेको हुँ । त्यहाँ जो कोहीले हेर्न सक्नुहुन्छ ।’ नेताहरूप्रति युवा पुस्ताको वितृष्णाकै कारण आफूले हलबाट छिटै फिल्म झिक्नु परेको उनको दाबी छ ।

एसिड आक्रमण पीडितहरूको आग्रहमा आफूले राजनीतिक व्यक्तित्वहरूलाई फिल्ममा राख्दा बहिष्कारमा पर्नु असामान्य घटना रहेको उनको बुझाइ छ ।

रमितले लेखेको स्ट्याटस

यो घटनाले दीर्घकालीन रूपमा सन्देशमूलक फिल्म बनाउन मेकरलाई वितृष्णा पैदा गराउने उनको बुझाइ छ ।

‘पीडितहरूको आवाजमा मैले फिल्म बनाएको हो । तर यसरी बहिष्कारमा पर्नु फिल्म क्षेत्रकै लागि दुःखद कुरा हो । अब यस्ता फिल्म बनाउन को अग्रसर हुन्छ ?’ उनी प्रश्न गर्छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : ५२ बजे

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले