‘नमेटिएको घाउ’ फ्लप भएपछि रमितको आरोप : नेताको अभिनयले बहिष्कारमा परियो « Khabarhub

‘नमेटिएको घाउ’ फ्लप भएपछि रमितको आरोप : नेताको अभिनयले बहिष्कारमा परियो


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक रमित ढुङ्गानाले फिल्म ‘नमेटिएको घाउ’ बक्स अफिसमा असफल हुनुको आरोप त्यसमा अभिनय गर्ने नेताहरूलाई लगाएका छन् ।

रमितको डेब्यू निर्देशन रहेको उक्त फिल्ममा हालका प्रधानमन्त्री एवम्‌ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम्‌ पूर्वप्रधानमन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्‍ ज्ञानेन्द्र शाही लगायतको अभिनय रहेको छ ।

उनले सामाजिक सञ्‍जाल फेसबुकमा ‘३३ एसिड पीडितको सत्य घटनामा आधारित फिल्म दर्शक र राजनीतिक दलका सदस्यबाट बहिष्कृत भएको’ तर्क राखेका छन् ।

नेतालाई अभिनय गराएको कारण दर्शकले फिल्म बहिष्कार गरेको उनको बुझाइ छ । उनले खबरहबसँग भने, ‘नेताहरू भएकै कारण मेरा आफन्तले पनि फिल्म बहिष्कार गर्नुभएको छ ।’

राजनीतिक दलका सदस्यले आफ्नो मात्र नेतालाई अभिनय नगराएको कारण फिल्म बहिष्कार गरेको उनले दाबी गरेका छन् । उनी लेख्छन्, ‘दर्शकबाट बहिष्कारका कारण…त्यो नेतालाई किन चलचित्रमा राखेको ? हाम्रो मात्र नेता राखेको भए हुन्थ्यो । त्यसैले हामी नहेर्ने सरी रमित !’

उनले औंल्याएको दोस्रो कारण ओली–माधवको राजनीतिक दुस्मनीप्रति लक्षित देखिन्छ । यद्यपि; उनले कुन पार्टीले कुन नेताका कारण फिल्म बहिष्कारमा परेको खुलाउन चाहेका छैनन्‌ ।

उनी भन्छन्, ‘कमेन्ट र मेसेजमा आएको प्रतिक्रिया आएको आधारमा स्ट्याटस लेखेको हुँ । त्यहाँ जो कोहीले हेर्न सक्नुहुन्छ ।’ नेताहरूप्रति युवा पुस्ताको वितृष्णाकै कारण आफूले हलबाट छिटै फिल्म झिक्नु परेको उनको दाबी छ ।

एसिड आक्रमण पीडितहरूको आग्रहमा आफूले राजनीतिक व्यक्तित्वहरूलाई फिल्ममा राख्दा बहिष्कारमा पर्नु असामान्य घटना रहेको उनको बुझाइ छ ।

रमितले लेखेको स्ट्याटस

यो घटनाले दीर्घकालीन रूपमा सन्देशमूलक फिल्म बनाउन मेकरलाई वितृष्णा पैदा गराउने उनको बुझाइ छ ।

‘पीडितहरूको आवाजमा मैले फिल्म बनाएको हो । तर यसरी बहिष्कारमा पर्नु फिल्म क्षेत्रकै लागि दुःखद कुरा हो । अब यस्ता फिल्म बनाउन को अग्रसर हुन्छ ?’ उनी प्रश्न गर्छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : ५२ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको