युद्ध र प्रचण्ड चिनेँ भन्दै महरापुत्र निर्मल लागे गुरूको शरणमा ! | Khabarhub Khabarhub

युद्ध र प्रचण्ड चिनेँ भन्दै महरापुत्र निर्मल लागे गुरूको शरणमा !


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन नेकपा (माओवादी) खुला राजनीतिमा आएपछि चर्चित नेता कृष्णबहादुर महराको ओरालो यात्रा रोकिएको छैन ।

पार्टीका उपाध्यक्ष एवम् प्रतिनिधि सभाका सभामुखसमेत भइसकेका महरा परिवार नै एकपछि अर्को प्रकरणमा मुछिएर विवादित छ ।

बाबुसँगै छोराहरू पनि विवादमा परेका छन् । २०७९ पुस १० गते फ्लाई दुबईको जहाजबाट आएका चिनियाँ नागरिक ली हानसोङले ई-सिगरेट (विद्युतीय चुरोट) मा राखेर ल्याएको तस्करीको करिब नौ किलो सुन प्रकरणमा महरापुत्र राहुल मुछिएका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १३ भदौ २०८० मा पक्राउ गरेको थियो ।

उक्त प्रकरणमा पूर्वसभामुख महरालेसमेत बयान दिनुपरेको थियो । यद्यपि सुन तस्करी प्रकरणमा महराको संलग्नता खुल्न सकेन ।

एकपछि अर्को विवादमा मुछिएपछि पूर्वसभामुख महरा अहिले गुमनाम र मौन बसेका छन् । छोराहरूसमेत विवादमा मुछिएपछि महराको राजनीतिक यात्रा थप ओरालोतर्फ छ ।

यसबीच महराका अर्का छोरा निर्मल महरा क्षेत्रीले माओवादी छाडेको संकेत गरेका छन् । उनले माओवादी छाडेको आशयसहित शनिबार सामाजिक सञ्जालमा एउटा धारणा सार्वजनिक गरेका छन् । जसमा उनले माओवादीभित्र सबैको असली रूप देखेको र चिनेको बताउँदै पार्टी परित्यागको जनाउ दिएका हुन् ।

उनले उक्त फेसबुक पोस्टमा माओवादीभित्र आफ्नैलाई सिध्याउने खेल चलिरहेको दाबी गरेका छन् । यही कुराबाट विरक्तिएको जनाउसहित उनले अब आफू गुरुदेवको शरणमा पुगेको बताएका छन् । निर्मलले अब आफ्नो बाटो फेरिएको जनाउसहित आफूलाई धेरै कष्ट नदिन पनि भनेका छन् ।

निर्मलले १४ देखि २५ वर्षसम्म आफू क्रान्तिको बाटोमा हिँडेको बताउँदै त्यस क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनेको बताएका छन्।

‘जन्मपछि आमा र बुवा मात्रै चिनेँ, १४ देखि २५ वर्षसम्म क्रान्ति, युद्द, हतियार र प्रचण्ड चिनेँ’, उनले लेखेका छन्, ‘त्यसपछि अलिकति यौवन-प्रेम, माओवादी र परिवारको झल्को चिनेँ । अनि समाजमा प्रवेश गरेको मैले शान्ति, नागरिक समाज, जिम्मेवारी, दुष्मन र मित्र (दुबै) सबै पाएँ । मुख्य कुरा आफ्नै पार्टीभित्र आफ्नैलाई सिध्याउने मज्जाको खेल चिनेँ, खासमा एकले अर्कोलाई प्रयोग गर्ने गज्जबको तिम्रो दिमाग चिनेँ ।’

उनले उक्त पोस्टमा गुरुदेव भनिएका व्यक्तिसँग बसेको तस्बिर पनि सेयर गरेका छन् । ‘अब म जय गुरुदेवको पछाडि, मलाई धेरै कष्ट दिने सोच नगर, जय गुरुदेव ! नमो नारायण!’, उनले लेखेका छन् ।

को हुन् महराका गुरु ?

निर्मलले गुरु मानेका व्यक्तिको नाम हो योगी प्रियव्रत अनिमेष । उनी भारतको हरियाणाका हुन् । उनले हाल ब्रह्मलीन भइसकेका देव नारायण पुरीलाई गुरु मानेर पढेका थिए । योगी प्रियव्रत अनिमेषले सुन्दर जीवनका लागि आध्यात्मिकतालाई मानव अस्तित्वको सचेत र स्वीकृत आधार बनाउनुपर्ने वकालत गर्दै आएका छन् ।

खास नाम महेन्द्र के हर्षित रहेका उनले सानै उमेरमा घर छाडेर देश यात्रा थालेका थिए। उनले सद्भाव र शान्ति पाउन भारतका कयौँ आश्रम र पूजास्थलको यात्रा गरेको बताएका छन् ।

त्यही क्रममा उनी सन् २०१५ मा हिमाचल प्रदेशको सोलनस्थित देव नारायण पुरीको सम्पर्कमा पुगेका थिए । जहाँ उनले शैव धर्म र सिद्धी परम्पराबारे शिक्षा लिए । उनै देव नारायण पुरीले महेन्द्रको आध्यात्मिक नाम ‘प्रियव्रत’ राखिदिए । त्यहीँ रहँदा रहँदै उनले गुरुको दर्शन र साधनाबारे ज्ञान लिएपछि आफ्नो नाममा ‘अनिमेष’ (जागरूक र स्थिर) पनि थपेर प्रियव्रत अनिमेष राखे ।

प्रियव्रत अनिमेषले आदि शंकराचार्यको गुरु परम्परालाई पनि आफ्नो नयाँ मार्गका रुपमा अवलम्बन गरेका थिए । उनले युवावस्थामै आध्यात्मिकतातिर आफूलाई लगाएर फरक स्वरुपमा स्थापित गर्न सकेको बताउने गरेका छन् । अध्यात्मले जो-कसैलाई पनि बदल्न सक्ने उनको तर्क छ ।

उनले सन् २०२० मा भारतको राजधानी नयाँ दिल्लीमा ओज फाउन्डेशन स्थापना गरेका थिए । उनले यसलाई आफ्नो ठूलो उपलब्धि भनेका थिए । उनले त्यसपछि मानव एवम् राष्ट्र कल्याणका लाग भन्दै हरिद्वारमा भएको महाकुम्भका क्रममा शिव आह्वान अनुष्ठान पनि गरेका थिए । उनले ऋषिकेशस्थित ‘नेचुरल भिले’रिसोर्टमा नवचण्डी यज्ञ पनि गरे ।

ओज फाउन्डेशनमार्फत् उनले आफ्नो प्रभाव बढाइरहेका छन् । ७ जुलाई, २०२४ मा आयोजित कार्यक्रममा फाउन्डेशनको सफलताको कहानी उनले सुनाएका थिए । त्यसबेला उनलाई ५० एकड जमिन दानस्वरुप मिलेको थियो ।

अब उनले त्यहाँ ज्योतिष विज्ञानसम्बन्धी विश्वविद्यालय बनाउने घोषणा गरेका छन् । त्यसका लागि उनले असमको २ हजार एकड चिया बगान र हैदराबाद शहरबीचमा पनि जमिन लिएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ३ : ०७ बजे

अन्धकारमय काभ्रेपलाञ्चोकमा बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक – यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय

माडवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीबीच धकेलाधकेल

काठमाडौं– महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ।

दशैँ बिदामा पनि निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

काठमाडौं– नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका