सेयर बजारमा भारी गिरावट, कारोबार १० अर्ब माथि  « Khabarhub

सेयर बजारमा भारी गिरावट, कारोबार १० अर्ब माथि 


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो शेयर बजार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा भारी गिरावट आएको छ । अघिल्लो साताबाट सुरु भएको शेयर बजारको गिरावट यो साताको पहिलो कारोबारका दिन पनि कायमै रहेको छ ।

आइतबार प्रि–ओपन सेसनमा ०.१० अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा माथि गाएको थियो । तर केही माथि जानसाथ विक्रीकर्ता हाबी भएर बजारलाई माथि जान भने दिएनन् । आज बजारले ३ पटक माथि चढ्न खोजेको भए पनि बजार भने माथि जान सकेन ।

आज नेप्सेसहित कारोबार पनि घटेको छ । गत साताको बिहीबार १२ अर्ब ६ करोड रुपैयाँ कारोबार भएकोमा आज आइतबार १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँको मात्र भएको छ ।

आज नेप्से ५३.६३ अंकले घट्दा २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १.९५ प्रतिशतले घटेर २६९५.९३ विन्दुमा पुगेको छ ।

आज ३३७ वटा कम्पनीको शेयर कारोबार हुँदा ३१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज १३ वटा समूहमध्ये म्यूचूअल फण्ड बाहेकका अन्य सबै समूह राताम्य भएका छन् । आज म्यूचूअल फण्ड ०.८० प्रतिशतले बढेर २२.१५ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ३.४४ प्रतिशतले घटेर ३४३७.२६ विन्दुमा पुगेको छ ।

त्यस्तै वाणिज्य बैंक २.३४ प्रतिशतले, विकास बैंक १.८५ प्रतिशतले, होटल एण्ड टुरिजम २.९८ प्रतिशतले, हाइड्रो २.४० प्रतिशतले, लगानी १.३३ प्रतिशतले, जीवन बीमा १.४४ प्रतिशतले, उत्पादन र प्रशोधन १.८० प्रतिशतले, लघुवित्त १.८८ प्रतिशतले, निर्जीवन बीमा १.२३ प्रतिशतले, अन्य समूह १.०४ प्रतिशतले र ट्रेडिङ समूह ०.१९ प्रतिशतले घटेको छ ।

आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप २ कम्पनीको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ । आज ६ वटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । थाप ३ वटा कम्पनीको शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

आज १ लाख ३० हजार ६३२ पटक शेयर किनबेच हुँदा सबैभन्दा बढी टनओभर गुडविल फाइनान्सको भएको छ । सबैभन्दा बढी भोलम सानिमा लार्ज क्याप फण्डमो भएको छ भने सबैभन्दा बढी टनओभर हिमालयन रि इन्स्योरेन्सको भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ३ : २० बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका