निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघर-बालुवाटार ‘मार्चपास’ (तस्बिरहरू) « Khabarhub

निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघर-बालुवाटार ‘मार्चपास’ (तस्बिरहरू)


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँकेकी निर्मला कुर्मी हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा आन्दोलन जारी छ ।

हत्या अभियुक्त कुर्मीलाई लुम्बिनी प्रदेशको मन्त्री बनाएको विरोधमा आइतबार माइतीघरमण्डलदेखि प्रधानमन्त्रीको सरकारी निवसा बालुवाटारसम्म पदयात्रा गरिएको हो ।

उक्त पदयात्रा महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज, महिला मानवअधिकार रक्षक सञ्जाल, राष्ट्रिय महिला अधिकार अभियान, महिला विश्वास संघ, साप नेपाल, जागर नेपाल, मिश्रित समाज, मिटिनी नेपालका प्रतिनिधि सहभागी थिए।

ल्याक, युथ एडीबीओसी नेपाल र एबीसी नेपाल पनि संयुक्त रूपमा पैदल यात्रामा निस्किए । उनीहरूलाई नागरिक आन्दोलनले पनि ऐक्यबद्धता जनाएको छ ।

बाँकेको नेपालगञ्जमा हत्या गरिएकी निर्मला कुर्मीको परिवारका लागि न्यायको माग गर्दै सामाजिक अभियन्ता रुबी खान नेतृत्वको टोली पनि यतिबेला माइतीघरमण्डलमा धर्नामा  छ।

यो प्रकरणमा पीडितहरूले सडक आन्दोलन गरेको दुई सय दिन कटिसकेको छ । करिब डेढ वर्षदेखि निर्मलाको परिवार न्यायका लागि सडकमा छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१७ की निर्मला कुर्मीका श्रीमानको ०६२ मा मृत्यु भएको थियो । श्रीमानको मृत्युको चार वर्षपछि ०६६ मंसिरमा कुर्मीका दुई छोराको दश दिनको अन्तरालमा रहस्यमय मृत्यु भयो ।

श्रीमान् र छोराको मृत्युपछि कुर्मीको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मी (हाल लुम्बिनी प्रदेशका मन्त्री) ले लालपूर्जा र निर्मलाको नागरिकता लिएर गएको सामाजिक अभियन्ता रुबी खानको दाबी छ । त्यसपछि ०७५ मा निर्मला बेपत्ता भइन् । उनका नाममा रहेको घरजग्गा पनि अरुकै नाममा सारिएको भेटियो ।

अपहरणपछि निर्मलाको हत्या गरेको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका बादशाह कुर्मीविरुद्ध उजुरीसमेत परेको छ । तर, छानविन हुनुको साटो हाल आरोपी बादसाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् ।

कुर्मीको न्यायका लागि महिला अधिकार मञ्चकी रुबी खानसहितका पीडितले ०७८ असोजमा नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका थिए । हाल उनीहरू पाँचौ चरणको आन्दोलनमा छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ३ : ४२ बजे

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

काठमाडौं – करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र