रौतहट– मधेश काठमाडौं जोड्ने द्रुतमार्ग अन्तर्गत बाराको तामागढी सिम्रौनगढ सडक खण्डमा पर्ने पडरी चौकमा पिकअप भ्यानको ठक्करबाट रौतहटका एक जना व्यवसायीको मृत्यु भएको छ ।
सिम्रौनगढतर्फ जाँदै गरेको प्रदेश २–०१–४९२० नम्बरको पिकअप भ्यानले कोल्हवी बजारबाट साइकलमा तरकारी लिएर रौतहटतर्फ आउँदै गरेको मौलापुर नगरपालिका ८ सोनरनियाका ५५ बर्षिय अधिकारी यादवलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
ठक्कर दिने पिकअप भ्यानसहित सवार कोल्हवी १ का साजन चौधरी र प्रिन्स जयसवाललाई इलाका प्रहरी कार्यालय कोलहभिले नियन्त्रणमा लिएको छ ।
कोलहभिका सई लालु यादवले पक्राउ परेका दुवै जनाले एक अर्कामाथि गाडी चलाएको विवादास्पद बयान दिएको तथा थप अनुसन्धान भइरहेको बताएका छन् ।
मृतक यादवको शव प्रादेशिक अस्पताल कलैया पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया