स्थापित मेकर बन्ने पूजाको इच्छा ! « Khabarhub

स्थापित मेकर बन्ने पूजाको इच्छा !


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका पूजा शर्मा फिल्ममा प्रवेश गर्नुअघि सञ्चारकर्ममा थिइन् । भदौ २१ बाट प्रदर्शनमा आउने फिल्म ‘रावायण’मा  उनले पत्रकारको भूमिका निर्वाह गरेकी छिन् ।

अहिले उनी सोही फिल्म प्रचारमा व्यस्त छन् । टेलिभिजनकर्मी भएर केही समय काम गरेपछि फिल्ममा लागेकी उनी अभिनय गर्न केही अध्ययन गर्नुपरेको बताउँछिन्‌ ।

‘लुक्समा ध्यान दिएको थिएँ । चरित्रकै लागि नियमित समाचार हेर्थेँ । को कसरी बोल्छ ? हेर्थेँ । कतिपय अवस्थामा युट्यूबमा पनि खोज्थेँ,’ चरित्र निर्माण तयारीबारे उनी सुनाउँछिन् ।

पूजाले यस फिल्मबाट नयाँ अध्याय सुरु गरेकी छिन् । उनी यस फिल्मको शीर्ष कलाकारसँगै निर्माता पनि हुन् ।

दोहोरो भूमिकामा काम गर्दा असहज हुने उनको अनुभव छ। भन्छिन्, ‘कलाकार र निर्माता दुवैको जिम्मेवारी लिइरहँदा फिल्मको सेटमा अभिनय गरिरहँदा के भयो ? कसो भयो ? भन्ने चिन्ता हुने रहेछ ।’

यी पनि…

यसपछिका फिल्ममा उनको एक मात्रै जिम्मेवारी लिने योजना छ । भन्छिन्, ‘मलाई रावायणले ठूलो पाठ सिकाएको छ ।’ यस फिल्मबाट मेकरको छवि पाउने पूजाको अपेक्षा छ । साथै, आफू ‘उत्कृष्ट मेकर’ बन्ने प्रयास रहेको खुलासा गरिन् ।

‘म उत्कृष्ट मेकर बन्न चाहन्छु । त्यसकै लागि दर्शक समक्ष रावायण लैजाँदै छु । पूजाले यस्तो फिल्म दिने रहेछ भनेर दर्शकले यो पटक नै थाहा पाउनुहुन्छ । म यस फिल्ममा मेकरका रूपमा बढी केन्द्रित छु’, पूजा भन्छिन् ।

थप-

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : ०५ बजे

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा