स्थापित मेकर बन्ने पूजाको इच्छा ! « Khabarhub

स्थापित मेकर बन्ने पूजाको इच्छा !


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका पूजा शर्मा फिल्ममा प्रवेश गर्नुअघि सञ्चारकर्ममा थिइन् । भदौ २१ बाट प्रदर्शनमा आउने फिल्म ‘रावायण’मा  उनले पत्रकारको भूमिका निर्वाह गरेकी छिन् ।

अहिले उनी सोही फिल्म प्रचारमा व्यस्त छन् । टेलिभिजनकर्मी भएर केही समय काम गरेपछि फिल्ममा लागेकी उनी अभिनय गर्न केही अध्ययन गर्नुपरेको बताउँछिन्‌ ।

‘लुक्समा ध्यान दिएको थिएँ । चरित्रकै लागि नियमित समाचार हेर्थेँ । को कसरी बोल्छ ? हेर्थेँ । कतिपय अवस्थामा युट्यूबमा पनि खोज्थेँ,’ चरित्र निर्माण तयारीबारे उनी सुनाउँछिन् ।

पूजाले यस फिल्मबाट नयाँ अध्याय सुरु गरेकी छिन् । उनी यस फिल्मको शीर्ष कलाकारसँगै निर्माता पनि हुन् ।

दोहोरो भूमिकामा काम गर्दा असहज हुने उनको अनुभव छ। भन्छिन्, ‘कलाकार र निर्माता दुवैको जिम्मेवारी लिइरहँदा फिल्मको सेटमा अभिनय गरिरहँदा के भयो ? कसो भयो ? भन्ने चिन्ता हुने रहेछ ।’

यी पनि…

यसपछिका फिल्ममा उनको एक मात्रै जिम्मेवारी लिने योजना छ । भन्छिन्, ‘मलाई रावायणले ठूलो पाठ सिकाएको छ ।’ यस फिल्मबाट मेकरको छवि पाउने पूजाको अपेक्षा छ । साथै, आफू ‘उत्कृष्ट मेकर’ बन्ने प्रयास रहेको खुलासा गरिन् ।

‘म उत्कृष्ट मेकर बन्न चाहन्छु । त्यसकै लागि दर्शक समक्ष रावायण लैजाँदै छु । पूजाले यस्तो फिल्म दिने रहेछ भनेर दर्शकले यो पटक नै थाहा पाउनुहुन्छ । म यस फिल्ममा मेकरका रूपमा बढी केन्द्रित छु’, पूजा भन्छिन् ।

थप-

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : ०५ बजे

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ– सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर