विश्वप्रकाशको प्रस्ताव- ओलीपछि कांग्रेसबाट देउवा होइन अरुलाई प्रधानमन्त्री बनाऊँ « Khabarhub

विश्वप्रकाशको प्रस्ताव- ओलीपछि कांग्रेसबाट देउवा होइन अरुलाई प्रधानमन्त्री बनाऊँ


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री बन्ने ध्याउन्नमा नलाग्न सुझाएका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै महामन्त्रि शर्माले सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग गरेर देखाउन प्रस्ताव गरेका हुन् ।

महामन्त्री शर्माले बैठकमा बोल्ने क्रममा नेकपा एमालेसँग गत असार १७ गते राति भएको ७ बुँदे सहमतिअनुसार ०८३ असारसम्म केपी शर्मा ओली नेतृत्वको सरकार टिकाएर लैजानुपर्ने पनि बताएका छन् ।

‘नेकपा एमालेसँगको ७ बुँदे समझदारी बमोजिम ०८३ असारसम्म यो सरकारलाई टिकाएर, सफल बनाएर लैजाने दायित्व हाम्रो हो’, उनले भने, ‘एमाले अध्यक्ष ओली नेतृत्वको सरकारलाई, उहाँलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ, हामीले एकताबद्ध भएर ओलीलाई साथ दिनुपर्छ ।’

शर्माले एमालेसँग भएको सहमतिअनुसार २०८३ असारबाट ओली बिदा भएपछिको प्रधानमन्त्रीका लागि सभापति देउवाले लोभ गर्न नहुने दोहोर्‍याए ।

‘तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न’, उनले भने, ‘आफ्नै पुस्ताका कोही आदरणीय नेतालाई प्रधानमन्त्री बनाउन उहाँले नै प्रस्ताव गर्नुपर्छ ।’

उनले त्यसका लागि कांग्रेसमा देउवा जस्तै एक से एक नेता रहेको पनि सुझाए । शर्माले बैठकमा २०८३ असारपछि कांग्रेसबाट प्रधानमन्त्रीका लागि डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीसहितका नेताहरू सक्षम रहेको पनि बताए ।

‘प्रधानमन्त्री बन्न एक से एक अग्रज नेताहरू प्रतिनिधिसभामा हुनुन्छ, जो अनुभवी र दक्ष पनि हुनुन्छ’, उनको भनाइ थियो, ‘उहाँहरूमध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौँ भने- एक त सभापतिको त्याग देखिन्छ, दोस्रो, उहाँका समकालीन नेताहरूलाई पनि न्याय र कदर हुन्छ । तेस्रो ०८४ को निर्वाचनपछि हामी नयाँ अनुहारमा नेतृत्व पुग्नेछ ।’

उनले सभापति देउवाबारे टिप्पणी गर्दै उनले सबैथोक गरिसकेको ब्याख्यासमेत गरे । नीति, कर्म र त्यागले राजनेता हुने बताउँदै शर्माले अब देउवाले तेस्रो काम गर्न बाँकी रहेको बताए ।

‘सभापति देउवाले अरु सबै गरिसक्नु भयो । अब गर्न केबल उहाँले त्याग मात्रै छ । अब ०८३ असारमा पुगेर त्यो त्याग पनि गर्नुपर्छ’, शर्माले अगाडि भने ।

देउवाको नेतृत्वमा देशमा कयौँ अग्रगामी काम भएको बताउँदे शर्माले अब उहाँले नेतृत्व होइन प्रशंसा र बधाई पाउनुपर्ने बताए ।

‘सभापति देउवाको नेतृत्वमा कमैया मुक्ति, दलित आयोग र महिला आयोग निर्माण, संविधान कार्यान्वयन, संसद विघटनविरुद्ध आन्दोलन भए। ती सबैमा सफलता हासिल भयो’, उनले भने, ‘यी सबै कर्मका लागि उहाँले प्रशंसा र बधाई पाउनुपर्छ ।’

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : ४९ बजे

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६