एभरेस्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ « Khabarhub

एभरेस्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि। को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरको वडा नम्बर ७ स्थित चुच्चेपाटीमा कार्यालय रहेको सो सहकारीले बचतकर्ताको १५ करोड ९१ लाख अपचलन गरेको आरोपमा उपाध्यक्ष बबिता डंगोलसहित पाँच जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डंगोलसहित सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाल, सदस्यहरु रामलाल महर्जन, अमरभाई महर्जन रहेका छन् ।

पक्राउ परेका सबै पाँच जनालाई काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : ३६ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर