डेङ्गी सङ्क्रमण बढ्दै, कीट व्यवस्थापनमा समस्या | Khabarhub Khabarhub

डेङ्गी सङ्क्रमण बढ्दै, कीट व्यवस्थापनमा समस्या


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गी रोगबाट सुदूरपश्चिम प्रदेशमा तीन सय ३४ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार पछिल्लो डेढ महिनामा मात्रै एक सय ७३ जनामा सङ्क्रण भएको छ । प्रदेशको कैलाली जिल्लामा सबैभन्दा बढी डेङ्गीबाट अहिलेसम्म ८६ जना सङ्क्रमित छन् ।

यस्तै, अछाममा ६७, डोटीमा ५५, कञ्चनपुरमा ४७, दार्चुलामा २४, बाजुरामा १९, बैतडीमा १८, डडेलधुरामा १३ र बझाङमा पाँच जना सङ्क्रमित छन् । गत पुस महिनामा प्रदेशभरिमा १३ बिरामी फेला परेकामा त्यसयता सङ्क्रमण निरन्तर बढ्दै गएको छ । सबैभन्दा बढी अगस्तमा ९साउनरभदौ० महिनामा ८८ व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

कैलालीको गोदावरी नगरपालिका, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले डेङ्गी रोकथामका लागि वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायतको संयुक्त पहलमा लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइहेको बताए । “यसबाहेक लामखुट्टेको वृद्धि हुन नदिन शुक्रबारका दिन हरेक विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालय आसपास सरसफाइसमेत गर्ने गरिएको छ”, उनले भने ।

शङ्कास्पद बिरामी जाँच गर्न आवश्यकताअनुसार कीटको व्यवस्थापन हुन नसक्दा बिरामीको पहिचानमा भने केही समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीको भनाइ छ । उनले भने, “आवश्यकतानुसार कीटको व्यवस्थापन नहुँदा कतिपय समयमा शङ्कास्पद बिरामी पहिचान गर्नमा समस्या भएको छ ।”

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशी आसारदेखि कात्तिक महिनामा पानी पर्ने भएकाले लामखुट्टेको वृद्धि भई सङ्क्रमणको बढी जोखिम रहने गरेको बताउँछन् । उनले भने , “यस मौसममा डेङ्गीको जस्तो लक्षण देखिने अन्य रोगका धेरै बिरामी भेटिने भएकाले सबैका लागि कीट व्यवस्थापन गर्दा निकै खर्चिलो हुन्छ, डेङ्गीको गम्भीर प्रकृतिका बिरामीका लागि भने कीटको व्यवस्थापन गर्ने गरिएको छ ।”

डेङ्गीको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ । गत वर्ष प्रदेशमा डेङ्गीबाट तीन जनाको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोग रोकथामको प्रभावकारी उपाय भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी तथा मांसपेसी दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । नाक, गिजा र पेटबाट रगत बग्ने जस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्यु हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : ५७ बजे

गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिन्छ  : एनपी साउद

कञ्चनपुर– नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गुणस्तरीय शिक्षाका

सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व संकलन

कैलाली– नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले

खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान

तनहुँ– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९

‘पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’

भादगाउँ– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन