भोलि बुबाको मुख हेर्ने दिन तपाईँलाई काम लाग्ने ३५ स्ट्याटस | Khabarhub Khabarhub

भोलि बुबाको मुख हेर्ने दिन तपाईँलाई काम लाग्ने ३५ स्ट्याटस


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुवा सबैका आर्दशका पात्र । तिनै आदर्श पुरुष बुबाको मुख हेर्ने दिन आफ्ना जन्म, कर्म दिने पितालाई सम्मान अर्पण गरिन्छ ।
नेपालमा कुशे औँसी सनातन हिन्दु परम्परामा अनुसार भाद्र महिनाको अमावस्या अर्थात् औँसी तिथिका दिन बुवाको मुख हेर्ने दिन मनाइन्छ ।

बुबालाई सम्मान गर्ने गरी सामाजिक सञ्जालमा भेटिएका केही स्ट्याटस यहाँ तपाईँसँग शेयर गरेका छौँ । जुन तपाईँलाई शुभकामना आदानप्रदानका लागि सहयोगी बन्नेछन् :

१. सबैले भन्छन् म आमा जस्ती देखिन्छु रे, साँचो हो, तर म त हुँ बाबाकी प्यारी छोरी ।
२. चाहे जति अलार्म लगाओ, बिहान उठ्न बुवाकै आवाज काफी हुन्छ ।
३. हरेक अपराध र गल्तीलाई माफ गर्ने मात्र एक व्यक्ति हुन्छ, बुवा ।
४. म यहाँसम्म पुग्नुमा हरदिन मेरो बुवाको मेहनत छ ।
५. मेरो हिम्मत र मेरो कमजोरी दुवै हजुर नै हो बुवा ।
६. जसको रिसमा स्नेह र गालीमा आफ्नोपन हुन्छ, उहाँलाई नै बुवा भनिन्छ ।
७. एक हस्ती जो मान हो मेरो, मेरो बुवा पहिचान हो मेरो ।
८. पिता बन्नु पिता हुनु भन्दा सजिलो छ ।
९. तपाईँको ओठमा हाँसो कमाएको दिन म धनी हुनेछु, बुवा ।
१०. हरेक छोरी हुनेवाला पतिमा आफ्नो बुवाको स्वभाव खोज्छिन्, थाहा छ किन ? किनकि गाली गरेपछि पनि बुवा छोरीलाई हँसाउन जान्दछन् ।
११. मेरो जन्मदाता, मेरो संरक्षक र मेरो सच्चा समर्थक मेरो बुवालाई धेरै धेरै शुभकामना ।
१२. हरेक सफल छोरीका पछाडि एक पिताको हात हुन्छ ।
१३. दुखी हुँदा बुवाहरू रुँदैनन्, त्यसैले बुवाहरू हर्टअट्याकले बित्ने गर्दछन् ।
१४. बुवा निमका रुख झैँ हुन्, जो तितो भए पनि लाभदायक हुन्छन् ।
१५. पिता बाहेक अरु कसैले तपाई उ भन्दा सफल हुनुहोस् भने चाहँदैन ।
१६. म तपाईँको नामबाट मात्र पूर्ण छु, बुवा । यो नै मेरो शान हो ।
१७. तपाईँको कठोरता भित्रको वास्तविकता बुझ्न सकिन, सरी बुवा ।
१८. सायद तपाई भएको भए, यो बेला म संसारको धनी मानिस हुने थिए । बुवा ।
१९. बाल्यकालमा मलाई बुवाभन्दा साँझ प्यारो लाग्थ्यो, बुवा खेलौना ल्याउनुहुन्थ्यो अनि साँझ मेरो बुवालाई घर फर्काउँथ्यो ।
२०. विश्वका सबैभन्दा धनी मानिस पनि आमाबुवा बिना, गरिब हुने गर्दछ ।
२१. हर सफल मानिसको पहिचान पनि उसको पिताबाट बनेको हुन्छ ।
२२. सपना मेरा थिए, तर पुरा बुवाले गर्नुभयो, बाटो म हिँड्दथे तर बाटो बुवाले देखाउनु भयो ।
२३. बुवा मेरो त्यो घमन्ड हो जो कसैले तोड्न सक्दैन ।
२४. इच्छा त बुवाको कमाइले पुरा गरिन्थ्यो, आफ्नो कमाइले त गुजारा मात्र हुन्छ ।
२५. मेरो साहस, मेरो इज्जत, मेरो सम्मान हो, बुवा ।
२६. मेरो शक्ति, मेरो पुँजी, मेरो पहिचान हो बुवा ।
२७. जिन्दगी जिउनुको मजा त, तपाईँसँग सिक्का मागेर खर्चिनुमा हुन्थ्यो । आफ्नो कमाई त आवश्यकता टाल्दा टाल्दै सकिन्छ ।
२८. म त्यो दिनको पर्खाइमा छु, जुन दिन म तपाई जस्तो बन्न सक्छु, बुवा ।
२९. बुवालाई म के उपहार दिऊ, जन्मदाता उपहार दिने हैसियत मसँग छैन ।
३०. तपाईँको रिस देखेर म सानोमा डराउँथे बुवा, सायद मैले बुझिन त्यो तपाईँको प्रेम थियो ।
३१. एक बुवा सय सन्तानका पालनहार बन्न सक्छन्, तर सय सन्तान एक पिताको पालनकर्ता बन्न सक्दैनन् ।
३२. जब बुवा सन्तानलाई केही दिन्छन्, तब दुवै हाँस्दछन् । तर जब सन्तान बुवालाई केही दिन्छन्, तब दुवै रुन्छन् ।
३३. घरबाट माइती फर्कँदा छोरी हासेको हेर्ने हरेक बुवाको इच्छा हुने गर्दछ ।
३४. एक पितालाई उमेर ढल्कँदै गएपछि सन्तान झैँ प्यारो अरु कोही हुँदैन ।
३५. थाकेको शरीर बोकेर पनि काममा जाने मेरो बुवालाई हार्दिक नमन ।-समाजिक सञ्जालको सहयाेगमा 

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : २५ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन