बराबरीमा रोकियो चेल्सी, टोटनह्याम पराजित « Khabarhub

बराबरीमा रोकियो चेल्सी, टोटनह्याम पराजित


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

लण्डन । प्रिमियर लिगमा चेल्सी आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा चेल्सी क्रिस्टल प्यालेसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको २५ औँ मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा चेल्सी बराबरी खेल्न बाध्य भयो ।कोल पाल्मरको पासमा निकोलस ज्याक्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको सुरुवातमा नै एबेरेची इजेले क्रिस्टल प्यालेसका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीले गोलको अवसर पाए पनि सदूपयोग गर्न सकेनन् ।

बराबरीसँगै तीन खेलमा चार अंक जोडेको चेल्सी लिगको ११ औं स्थानमा छ । भने प्यालेस १६ औं स्थानमा छ ।

यस्तै आइतबार नै भएको खेलमा न्युक्यासल युनाइटेडले जित निकालेको छ । युनाइटेडले टोटनह्याम हटस्पर्सलाई २–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा हार्भे बार्नसले न्युकासललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा डान बर्नले आत्मघाती गोल गरेपछि टोटनह्याम खेलमा फर्किएको थियो । ७८ औँ मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै न्युक्यासललाई जित दिलाएका हुन् ।

जितसँगै न्युक्यासल ७ अङ्कसहित ५ औं स्थानमा उक्लिएको छ । टोनह्याम भने ४ अङ्कसहित १० औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ९ : २५ बजे

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले