बराबरीमा रोकियो चेल्सी, टोटनह्याम पराजित | Khabarhub Khabarhub

बराबरीमा रोकियो चेल्सी, टोटनह्याम पराजित


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

लण्डन । प्रिमियर लिगमा चेल्सी आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा चेल्सी क्रिस्टल प्यालेसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको २५ औँ मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा चेल्सी बराबरी खेल्न बाध्य भयो ।कोल पाल्मरको पासमा निकोलस ज्याक्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको सुरुवातमा नै एबेरेची इजेले क्रिस्टल प्यालेसका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीले गोलको अवसर पाए पनि सदूपयोग गर्न सकेनन् ।

बराबरीसँगै तीन खेलमा चार अंक जोडेको चेल्सी लिगको ११ औं स्थानमा छ । भने प्यालेस १६ औं स्थानमा छ ।

यस्तै आइतबार नै भएको खेलमा न्युक्यासल युनाइटेडले जित निकालेको छ । युनाइटेडले टोटनह्याम हटस्पर्सलाई २–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा हार्भे बार्नसले न्युकासललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा डान बर्नले आत्मघाती गोल गरेपछि टोटनह्याम खेलमा फर्किएको थियो । ७८ औँ मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै न्युक्यासललाई जित दिलाएका हुन् ।

जितसँगै न्युक्यासल ७ अङ्कसहित ५ औं स्थानमा उक्लिएको छ । टोनह्याम भने ४ अङ्कसहित १० औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ९ : २५ बजे

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति

जेन-जी प्रदर्शन : ४१ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो 

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा मृत्यु

सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै

कैलाश ढुंगेललाई प्रश्न- एमालेको नेतृत्व कहिले फेर्ने ?

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने

काठमाडौं– यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी