कांग्रेस संसदीय दलको बैठक बस्दै

By खबरहब

October 01, 2024

काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

संसदीय दलको बैठक अघि दिउँसो १ बजे संसदीय दलको कार्यसमिति बैठक बोलाइएको छ ।

बैठकमा मुलुकमा आइपरेको बाढीपहिरो र डुबानको विपत्ति, समसामयिक सामाजिक तथा राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।