विपत्तिको क्षति न्यून गर्न सरकार चुक्यो : लिङ्देन | Khabarhub Khabarhub

विपत्तिको क्षति न्यून गर्न सरकार चुक्यो : लिङ्देन


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बाढी, पहिरो, डुबानजस्ता राष्ट्रिय विपत्तिको क्षति न्यून गर्न सरकार चुकेको टिप्पणी गरेका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्राकृतिक विपत्तिका सन्दर्भमा देशका प्रधानमन्त्री र मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको समेत उल्लेख गरेका छन् । 

उनले मौसमविद्को ‘रेड अलर्ट’बाट विपतलाई पुरै रोक्न नसके पनि क्षति न्यून गर्न अवश्य सकिन्थ्यो भन्दै यसमा सरकार चुकेको बताए ।

उनले लेखेका छन्, मौसमविद्को ‘रेड अलर्ट’बाट विपतलाई पुरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो। सरकार चुकेकै हो फेल भएकै हो। यो विपदको बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक छन्।’ 

प्रधानमन्त्री ओलीले हिजो राष्ट्रसंघीय महासभाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  ‘रेड अलर्ट’ जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताएका थिए । लिङ्देनले प्रधानमन्त्रीको यही अभिव्यक्तिप्रति लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : ५३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले