विपत्तिको क्षति न्यून गर्न सरकार चुक्यो : लिङ्देन « Khabarhub

विपत्तिको क्षति न्यून गर्न सरकार चुक्यो : लिङ्देन


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बाढी, पहिरो, डुबानजस्ता राष्ट्रिय विपत्तिको क्षति न्यून गर्न सरकार चुकेको टिप्पणी गरेका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्राकृतिक विपत्तिका सन्दर्भमा देशका प्रधानमन्त्री र मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको समेत उल्लेख गरेका छन् । 

उनले मौसमविद्को ‘रेड अलर्ट’बाट विपतलाई पुरै रोक्न नसके पनि क्षति न्यून गर्न अवश्य सकिन्थ्यो भन्दै यसमा सरकार चुकेको बताए ।

उनले लेखेका छन्, मौसमविद्को ‘रेड अलर्ट’बाट विपतलाई पुरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो। सरकार चुकेकै हो फेल भएकै हो। यो विपदको बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक छन्।’ 

प्रधानमन्त्री ओलीले हिजो राष्ट्रसंघीय महासभाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  ‘रेड अलर्ट’ जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताएका थिए । लिङ्देनले प्रधानमन्त्रीको यही अभिव्यक्तिप्रति लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : ५३ बजे

भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय

काठमाडौं- प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश

गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी

साप्ताहिक अर्थसंक्षेप : ऋण थप्दै सरकार, उद्योगीले पाए नयाँ नेतत्व र व्यवसायी फकाउँदै रवि

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन, को–को भए निर्वाचित ?