च्यासलमा बाढी पसेपछि होटल बसेरामा एमाले बैठक | Khabarhub Khabarhub

च्यासलमा बाढी पसेपछि होटल बसेरामा एमाले बैठक


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भीषण बाढीका कारण ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय डुबानमा परेपछि प्रमुख सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक हनुमानथानस्थि होटल बसेरामा बसेको छ ।

यही शुक्रबार र शनिबारको अविरल वर्षाका कारण एमाले पार्टी कार्यालय यो वर्ष दोस्रो पटक डुबानमा परेको छ ।

केही बेरअघि सुरु भएको यो बैठकमा राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिएर ११ दिनपछि नेपाल फर्किएका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।

बाढीको विपत्मा परेर सयौँ नागरिकको मृत्यु भएको छ । हजारौँले घरबार गुमाएका छन् । यस्तोमा सरकारको कामलाई लिएर जनस्तरमा चर्को आलोचना भइरहेको छ ।

ओली स्वदेश फर्किएलगत्तै एमालेको सचिवालय बैठक बसेको हो । बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतसहितका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि गत साउन १६ गते पनि एमाले कार्यालयमा बाढी पसेको थियो । त्यसपछि साउन १७ गते एमाले सचिवालय बैठक हनुमानथानस्थित बसेरा होटलमा बसेको थियो ।

 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : १३ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले