ट्राफिक नियम नमान्नेलाई हेल्मेट बाँड्दै वडाध्यक्ष बस्नेत « Khabarhub

ट्राफिक नियम नमान्नेलाई हेल्मेट बाँड्दै वडाध्यक्ष बस्नेत


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– चाडपर्व नजिकिएसँगै हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई बाक्लो बनाउन थालेको छ ।

दशैंतिहारको समयमा सवारी चेकजाँचमा कडाइ गर्दा ट्राफिक प्रहरीले प्रायः पर्व खर्च उठाउन ‘चेकिङ’ मा बस्छन् भन्ने आरोप लाग्ने गरेको छ । मंगलबार बिहानै महाकाली पारीको नगरपालिका दोधारा–चाँदनीमा पनि प्रहरी सवारी चेकजाँचमा खटिएका थियो ।

स्थानीय नागरिक बिनाहेल्मेट दुई पाङ्ग्रे सवारी साधनमा ओहोर–दोहोर गरिरहेका थिए । अरुबेला ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई जरिवाना गराउँदै ‘चिट’ काट्ने ट्राफिक प्रहरी मंगलबार भने ट्राफिक नियमबारे सचेत गराइरहेका थिए ।

इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी निरीक्षक जगत गाहामगरको नेतृत्वमा खटिएका प्रहरीसँगै देखिन्थे– वडा नम्बर ६ का अध्यक्ष ओम बस्नेत । उनी नयाँ हेल्मेटहरूका साथ प्रहरीसँगै बाटोमा उभिएका थिए ।

स्थानीय जनप्रतिनिधि साथमा राखेर सवारी चेकजाँच गर्ने क्रममा एक युवा बिनाहेल्मेट मोटरसाइकलमा आउँछन् । उनलाई प्रहरीले रोक्छ, सम्झाई बुझाई गर्छ । वडाध्यक्ष बस्नेत ती युवालाई रातो रंगको हेल्मेट दिन्छन् ।

‘चेतावनीस्वरुप हामी तपाईंलाई यो हेल्मेट दिन्छौँ । आगामी दिनमा यसरी हेल्मेट नलागाई सवारी साधन चलाउनु हुँदैन भन्ने बुझ्नु पर्यो‍ । छर–छिमेकीलाई पनि जानकारी गराउनु प¥यो,’ उनी युवालाई सम्झाउँदै भन्छन्, ‘सडक दुर्घटनाले मृत्यु हुने सम्भावना पनि हुन्छ । यो हेल्मेट ट्राफिक प्रहरी वा जनप्रतिनिधिका लागि होइन । यो सवारी चलाउनेको सुरक्षाका लागि हो ।’

वडाध्यक्ष बस्नेतले आफ्नो वडा क्षेत्रमा पर्ने सडकमा दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरीसँग समन्वय गरेर ट्राफिक सचेतना कार्यक्रमका लागि बिहानैबाट सडकमा उभिएको प्रतिक्रिया दिए ।

उनले मंगलबार एकदिने ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको बताए । ट्राफिक नियम उल्लंघन गरेर दुई पाङ्ग्रे सवारी साधन चलाउने १० जनालाई हेल्मेट उपहार दिइएको जानकारी बस्नेतले दिए ।

वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेकातर्फबाट निर्वाचित भएका थिए । ८७४ मतसहित वडा नम्बर ६ को वडाध्यक्षमा बस्नेत विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर सिजालीले ७५१ मत पाएका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : २५ बजे

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका