पूर्वबाट फेरि मौसम बदली सुरु « Khabarhub

पूर्वबाट फेरि मौसम बदली सुरु


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ । 

मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छभने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।’ यो असर भोलि र पर्सीसम्मै रहने जनाइएको छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने उनले बताइन् । 

तर यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले बताइन्।

आज राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ । असोज १६ गते कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ । 

असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : ४६ बजे

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ