पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु « Khabarhub

पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पर्वतबडादशैं लगायतका चाडपर्व नजिकिँदै गएपछि यहाँका स्थानीय तहहरुले अवरुद्ध सडक मर्मत गर्न थालेका छन् । जिल्लाका सातै स्थानीय तहले ग्रामीण सडक सुचारु गर्न उपभोक्ता समिति गठन गरी काम थालेका हुन् । 

यहाँको जलजला गाउँपालिकाले कार्यतालिका बनाएर सबै वडामा अवरुद्ध ग्रामीण सडक मर्मत गर्न थालेको गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिए। पालिकाले आफ्नै डोजर परिचालन गरेको उपाध्यक्ष आचार्यले बताए। तीन-चार दिनमा सबै सडक सफा गरिसक्ने उनको भनाई छ । 

पैँयु गाउँकार्यपालिकाको बैठकले पनि वर्षायाममा अवरुद्ध सबै सडक मर्मत गरेर सुचारु गर्ने निर्णय गरेको छ । उपभोक्ता समिति र ठेकेदार मार्फत सञ्चालित आयोजनाहरू तत्काल मर्मत गर्न लगाइएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए । उनका अनुसार घटस्थापना अघिनै सबै सडक सुचारु गर्ने तयारी छ । 

विहादी गाउँपालिकाले अवरुद्ध ग्रामीण सडक खुलाउन सोमबार सूचना जारी गर्दै सडक सरसफाइ अघि बढाउन उपभोक्ता समितिहरुलाई आग्रह गरेको छ । उपभोक्ता समिति मार्फत सडक सफाइ गरिने भएकाले मातहतका सबै वडा र टोलहरुमा उपभोक्ता समिति गठन तथा नवीकरण गरी सम्झौता गर्न आउन वडा कार्यालयहरुलाई पत्राचार गरेको हो । दशैँ अघि सडक सञ्चालनमा ल्याइने अध्यक्ष परवीन गुरुङले बताए। 

महाशिला गाउँपलिकाले सडक खुलाउन डोजर लगाउन थालेको छ । लुङ्खु–बालाकोट–होश्राङदी, लुंखु–चिसापानी–भोक्सिङ, पाखापानी–भोर्लेलगायतका सडक केही दिनमै सुचारु हुने महाशिला गाउँपालिका अध्यक्ष ईश्वरी भुसालले बताए। 

मोदी गाउँपालिका, फलेवास नगरपालिका र कुश्मा नगरपालिकाले पनि ग्रामीण सडक खुलाउन काम सुरु गरेका छन् । फलेवासले नगरपालिकाकै दुईवटा डोजर परिचालन गरेको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए। 

पर्वत यातायात प्रालिका संचालक हेमशर्मा पौडेलले वर्षायाममा अवरुद्ध सडक खुलाउन स्थानीय तहहरुलाई अनुरोध गरिएको बताए। अब मनसुन सकिएकाले मर्मत गरेपछि सडकमा सवारी गुडाउन सहज हुने उनको भनाई छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सिताराम ओझाले जिल्लाका मुख्य राजमार्गमा अवरोध नरहेपनि केही ग्रामीण सडकहरूमा यातायात सुचारु गर्न समस्या रहेको बताए। 

उनका अनुसार मध्यपहाडी लोकमार्ग, मालढुङ्गा–बेनी, कालीगण्डकी करिडोर र दोबिल्ला–फलेवास, दोबिल्ला–कार्कीनेटा, कुश्मा–दुर्लुङ जस्ता सडकमा सवारी सञ्चालन भइरहेको छ । अन्य शाखा सडकहरु एकपटक डोजर लगाएर सफा गर्न सकेमा दशैँको बेला सवारीका लागि सहज हुने उनको भनाई छ । 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : ५३ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार