खाद्य सुरक्षामा साना किसानको भूमिका महत्वपूर्ण : कृषिमन्त्री « Khabarhub

खाद्य सुरक्षामा साना किसानको भूमिका महत्वपूर्ण : कृषिमन्त्री


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा प्रभाव पारेको बताएका छन् ।

ईसिमोडले  मंगलबार ललितपुरमा गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उद्‌घाटन गर्दै मन्त्री अधिकारीले वर्तमान समयको महत्वपूर्ण चुनौती ‘जलवायु परिवर्तनको सामनामा पर्वतीय खाद्य प्रणालीको दिगोपन’ लाई सम्बोधन गर्न  सबै एकै ठाउँमा उभिनु पर्ने आवश्यकता औँल्याए ।

नेपालको पहाडी पारिस्थितिक प्रणालीको समृद्ध विविधताले लाखौंको जीविकोपार्जनलाई सहयोग पुर्‍याएको चर्चा गर्दै मन्त्री अधिकारीले साना तथा सीमान्त कृषकहरूले  राष्ट्रिय खाद्य सुरक्षाको लागि महत्त्वपूर्ण योगदान गरेको बताए । 

नेपालका विविध कृषि-जलवायु क्षेत्र, समृद्ध पारिस्थितिक क्षेत्रहरू र कृषि जैविक विविधताले खाद्य र पोषण सुरक्षा, कृषि उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तरमा सुधार ल्याउन अपार सम्भावनाहरू प्रदान गरे पनि  हामीले  दबाबपूर्ण चुनौतीहरूको सामना गर्नुपरिरहेको मन्त्री अधिकारीले उल्लेख गरे ।

‘जलवायु परिवर्तन बाट परेको प्रभावहरूको सामना गर्न  सरकारले प्रकृति मैत्री, विशिष्टीकृत, सरल, मापनयोग्य र दिगो समाधानका उपायहरू अपनाउन दृढ संकल्प गरेको भन्दै मन्त्री अधिकारीले  कृषि प्रणालीमा प्रारम्भिक चेतावनी प्रणाली (अर्ली वार्निङ्ग सिस्टम) को विकास गरि कार्यान्वयन गर्न मन्त्रालय सक्रिय भई लागेको छ’ उनले भने । 

जलवायु परिवर्तनका असरको न्यूनिकरणका क्षेत्रमा नेपालमा विद्यमान संभावानको खोजी तथा सदुपयोग गर्न,  प्रविधि विकास तथा हस्तान्तरण गर्न र साझेदारी तथा सहकार्य मार्फत नेपालको खाद्य सुरक्षामा सम्मेलन महत्त्वपूर्ण हुने ईसिमोडले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : ०५ बजे

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित