दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली « Khabarhub

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं–  दक्षिण सुडानस्थित संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा तैनाथ तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फालाई बदली गर्न खटिएको श्रीनाथ गण (शान्ति सेना) चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी पूर्ण बहादुर चन्दको नेतृत्वमा संयुक्त राष्ट्र सङ्घको चार्टर्ड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । 

गणपति, प्रमुख सेनानी सुरेश देवकोटाको कमान्डमा रहेको सो गणका ५२५ जना शान्ति सैनिक यस अगावै मिसन इलाका पुगिसकेका छन् ।

सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली गणपति, प्रमुख सेनानी अनिल केसीको नेतृत्वमा आश्‍विन १४ गते स्वदेश फिर्ता भएका छन् ।

दक्षिण सुडानमा रहेको संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा नेपाली सेनाको दुई वटा गण, एउटा गुल्म सहित कुल १७५६ जना शान्ति सैनिक कार्यरत छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : ०६ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका