दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली « Khabarhub

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं  दक्षिण सुडानस्थित संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा तैनाथ तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फालाई बदली गर्न खटिएको श्रीनाथ गण (शान्ति सेना) चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी पूर्ण बहादुर चन्दको नेतृत्वमा संयुक्त राष्ट्र सङ्घको चार्टर्ड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । 

गणपति, प्रमुख सेनानी सुरेश देवकोटाको कमान्डमा रहेको सो गणका ५२५ जना शान्ति सैनिक यस अगावै मिसन इलाका पुगिसकेका छन् ।

सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली गणपति, प्रमुख सेनानी अनिल केसीको नेतृत्वमा आश्‍विन १४ गते स्वदेश फिर्ता भएका छन् ।

दक्षिण सुडानमा रहेको संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा नेपाली सेनाको दुई वटा गण, एउटा गुल्म सहित कुल १७५६ जना शान्ति सैनिक कार्यरत छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : ०६ बजे

सुन्तलामा रोग लागेपिछ लेखबहादुर भन्छन् – कृषकलाई मौसमले ठग्दो रहेछ

दमौली– ‘पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट हुन

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु

बागमती– बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि

मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

खोटाङ– बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा

हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ

काठमाडौं– काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात