कांग्रेस दलको बैठकमा बाढीपहिरोको क्षतिबारे गृहमन्त्रीको ब्रिफिङ « Khabarhub

कांग्रेस दलको बैठकमा बाढीपहिरोको क्षतिबारे गृहमन्त्रीको ब्रिफिङ


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठकमा बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ‘ब्रिफिङ’ गरेका छन् । 

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से सभाहलमा मंगलबार बसेको बैठकमा उनले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन् । लेखकले सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिएको पार्टीलाई जानकारी गराए । 

सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थायी आवास बनाउने व्यवस्था मिलाइएको गृहमन्त्री लेखकको भनाइ थियो । क्षतिग्रस्त संरचनाको मर्मत गरेर सञ्चालनका लागि सरकारले काम अगाडि बढाएको पनि उनले बताए । 

गृहमन्त्री लेखकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर मंगलबार क्षतिग्रस्त आठ जिल्लामा पठाइएको जानकारी गराए । यातायात सञ्चालन गरी मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको उनको भनाइ थियो । 

गृहमन्त्री लेखकले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालनका लागि काम गरिरहेको पनि बताए । लेखकले नख्खु खोलमा टिनको छाप्रोमाथि बसेका नागरिकको उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको पनि दाबी गरे ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : ०४ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली