बाढीपहिरो पीडितका लागि राष्ट्रिय वाणिज्य बैँकले दियो दुई करोड « Khabarhub

बाढीपहिरो पीडितका लागि राष्ट्रिय वाणिज्य बैँकले दियो दुई करोड


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय वाणिज्य बैँकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैँकको सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले चेक हस्तान्तरण गरे ।

प्रधानमन्त्री ओलीले बैँकलाई धन्यवाद दिँदै बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस्तो सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए ।

बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त सहयोग गरिएको अवगत गराए ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : २४ बजे

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु

काठमाडौं– १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण