जापानका नयाँ प्रधानमन्त्रीले भने – सुरक्षा अवस्था दोस्रो विश्वयुद्धपछिकै गम्भीर « Khabarhub

जापानका नयाँ प्रधानमन्त्रीले भने – सुरक्षा अवस्था दोस्रो विश्वयुद्धपछिकै गम्भीर


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाले मुलुकले दोस्रो विश्वयुद्धपछिको युगमा ‘सबैभन्दा गम्भीर’ क्षेत्रीय सुरक्षा स्थितिको सामना गरिरहेको बताएका छन्‌ । यद्यपि उनले कुनै विशेष खतराको नाम भने उल्लेख गरेनन्‌ ।

‘हाम्रो मुलुक वरपरको सुरक्षाको वातावरण दोस्रो विश्वयुद्धको समाप्तिपछिको सबैभन्दा गम्भीर छ’, दिनको प्रारम्भमा संसद्द्वारा प्रधानमन्त्रीका रूपमा अनुमोदन भएपछि आफ्नो पहिलो पत्रकार सम्मेलनमा मङ्गलबार उनले भने ।

६७ वर्षीय इशिबा पूर्व रक्षामन्त्री पनि हुन्‌ । उनले पहिले चीनको द्रुत सैन्य निर्माण, उत्तर कोरियाली मिसाइल प्रक्षेपण र अन्य सुरक्षा खतराको सामना गर्न एसियाली नाटो सिर्जना गर्न आह्वान गरेका थिए ।

‘जापान–अमेरिका गठबन्धनलाई आधार बनाएर हामी जापान र यस क्षेत्रको शान्तिलाई साकार गर्न कूटनीति र रक्षाको प्रयोग गर्दै मित्रवत र समान विचारधारा भएका देशहरूको दायरा विस्तार गर्नेछौँ’, उनले पत्रकारहरूलाई भने ।

उनले साइबर सुरक्षा र विदेशमा रहेका जापानी नागरिकहरूको सुरक्षामा पनि ध्यान केन्द्रीत गर्ने र जापानी सेनाका लागि नयाँ सैनिकहरूको अभाव समाधान गर्न काम गर्ने बताए ।

अर्थतन्त्रका सन्दर्भमा जापान बैंकको अत्यन्त खुकुलो नीतिबाट बाहिरिन समर्थन गर्ने इशिबाले आफ्ना पूर्ववर्ती फुमियो किशिदाको कामलाई व्यापक रूपमा जारी राख्ने बताए ।

‘जापानी अर्थतन्त्र अपस्फीतिबाट बाहिर निस्कने कि ननिस्कने भन्ने सङ्घारमा छ, म अपस्फीति अन्त्य गर्नलाई प्राथमिकता दिन्छु र हाम्रो अर्थतन्त्र र वित्तीय नीतिहरूलाई अगाडि बढाउनेछु’, उनले भने ।

गत साता सत्तारूढ दलको नेतृत्वका लागि भएको मतदानमा विजयी हुनुभएका इशिाबले आफ्नो जनादेश सुदृढ गर्न अक्टोबर २७ मा आम निर्वाचन गराउने इच्छा व्यक्त गरेका छन्‌ ।

उनले मङ्गलबार सार्वजनिक र निजी क्षेत्रले ‘सबै सङ्गठनका सबै निर्णय लिने परिदृश्यमा महिला सहभागिता’ को साझा लक्ष्य हुने बताएका हुन्‌ । यद्यपि दिनको सुरुमा घोषणा गरिएको उनको २० सदस्यीय मन्त्रिमण्डलमा दुई जना महिलालाई मात्र समावेश गरिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : १७ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा