गुगल भारतमा थप अवसरको खोजीमा छ : प्रमुख कार्यकारी पिचाइ « Khabarhub

गुगल भारतमा थप अवसरको खोजीमा छ : प्रमुख कार्यकारी पिचाइ


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाइले आफ्नो कम्पनीले भारतमा थप अवसरको खोजी गरिरहेको जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताका क्रममा प्रमुख कार्यकारी पिचाइले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा रहेका बेला पिचाइसँग भेटवार्ता भएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्लो समय गुगल कृत्रिम बुद्धिमत्ता एआईलाई अझ उन्नत बनाउन क्रियाशील छ ।

यस्तो अवस्थामा एएआईको विकासका लागि भारतले आफ्नो कम्पनीलाई राम्रो अवसर दिने पिचाइको अपेक्षा छ ।

भारतमा थप अवसरका लागि भारतीय सरकारी संयन्त्रहरुसँग सहकार्य गर्न आफ्नो कम्पनी तयार रहेको उनले उल्लेख गरेका छन् । पछिल्ला केही वर्षयता गुगलले भारतमा आफ्नो लगानी वृद्धि गरिरहेको छ । हाल भारतमा गुगलको पिक्सल फोनको समेत उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : ५७ बजे

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर