गगनसहितका सांसदहरूले गरे आलोचना, सरकार पूर्वतयारीमा चुकेको जिकिर « Khabarhub

गगनसहितका सांसदहरूले गरे आलोचना, सरकार पूर्वतयारीमा चुकेको जिकिर


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दलकै सांसदहरूले प्राकृतिक विपत्को पूर्वतयारी र उद्धारका काम समयमा हुन नसक्दा ठूलो जनधनको क्षति भएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा उनीहरूले मौसम पूर्वानुमान अनुसार ठूलो पर्षा हुन सक्ने आँकलन हुँदा पनि सरकारले लापरबाही गरेको बताए ।

सरकारले पूर्वसूचनाअनुसारको पूर्वतयारी र उद्धारका काम समयमा हुन नसक्दा ठूलो जनधनको क्षति भएको बताएका हुन् ।

बैठकमा बोल्दै कांग्रेस महामन्त्री एवम् सांसद गगनकुमार थापाले पूर्वतयारी र उद्धारमा भएका आलोचनालाई सरकारले स्वीकार गर्नुपर्ने बताए ।

उनले अब उद्धार र राहतका कामलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन् । विपद्का बेला सरोकारवाला निकायका प्रमुखहरूले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताए ।

थापाले रात्रिबस सञ्चालन नगर्ने निर्णय हुँदाहुँदै पनि सञ्चालन गरेकाले धादिङको झ्याप्लेखोलामा ठूलो विपद् भएको भन्दै यसको छानबिन हुनुपर्ने माग गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले विपद्को पूर्वतयारी राम्रोसँग हुन नसकेको बताए । उनले विपद्पछि राजमार्गमा अलपत्र नागरिकको सहज ढंगले उद्धा हुन नसकेको आरोप लगाए ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले काठमाडौंमै उद्धामा निकै ढिलाई भएको बताए । त्यहीकारण क्षति धेरै भएको उनले बताए।

बाटो अवरुद्ध भएका बेला हवाई भाडा निकै महङ्गो भएकाले यसलाई नियन्त्रण गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : ०५ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै