नाबालिगलाई यातना दिएको आरोपमा पाकिस्तानमा प्रहरी अधिकारी पक्राउ | Khabarhub Khabarhub

नाबालिगलाई यातना दिएको आरोपमा पाकिस्तानमा प्रहरी अधिकारी पक्राउ


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पाकिस्तानमा नाबालिगलाई दुर्व्यवहार गरेको आरोपमा एक जना प्रहरी अधिकारी पक्राउ परेका छन् । दुई जना नाबालिगलाई गैर कानुनी रुपमा पक्राउ गरी शारीरिक यातना दिएको आरोपमा इस्लामावादका प्रहरी उपरीक्षकलाई पक्राउ गरिएको हो ।

उनले शहरमा भिख मागिरहेको अवस्थामा १० र १२ वर्षका दुई नाबालिगलाई नियन्त्रणमा लिएका थिए । दुई दिनसम्म नियन्त्रणमा लिएर यातना दिएपछि उनले उनीहरूलाई यही क्षेत्रमा लगेर छाडेका थिए ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पछि ती नाबालिगका आफन्तहरूले प्रहरी महानिरीक्षकको कार्यालयमा घटनाबारे उजुरी दिएका थिए ।

पछि प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा ती नाबालिगलाई यातना दिइएको खुलेको थियो । यससँगै प्रहरी अधिकारीलाई पक्राउ गरिएको डनले जनाएको छ । 

अब उनलाई प्रहरी सेवाबाट बर्खास्त गर्ने प्रक्रिया थालिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : ०९ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो