नाबालिगलाई यातना दिएको आरोपमा पाकिस्तानमा प्रहरी अधिकारी पक्राउ « Khabarhub

नाबालिगलाई यातना दिएको आरोपमा पाकिस्तानमा प्रहरी अधिकारी पक्राउ


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा नाबालिगलाई दुर्व्यवहार गरेको आरोपमा एक जना प्रहरी अधिकारी पक्राउ परेका छन् । दुई जना नाबालिगलाई गैर कानुनी रुपमा पक्राउ गरी शारीरिक यातना दिएको आरोपमा इस्लामावादका प्रहरी उपरीक्षकलाई पक्राउ गरिएको हो ।

उनले शहरमा भिख मागिरहेको अवस्थामा १० र १२ वर्षका दुई नाबालिगलाई नियन्त्रणमा लिएका थिए । दुई दिनसम्म नियन्त्रणमा लिएर यातना दिएपछि उनले उनीहरूलाई यही क्षेत्रमा लगेर छाडेका थिए ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पछि ती नाबालिगका आफन्तहरूले प्रहरी महानिरीक्षकको कार्यालयमा घटनाबारे उजुरी दिएका थिए ।

पछि प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा ती नाबालिगलाई यातना दिइएको खुलेको थियो । यससँगै प्रहरी अधिकारीलाई पक्राउ गरिएको डनले जनाएको छ । 

अब उनलाई प्रहरी सेवाबाट बर्खास्त गर्ने प्रक्रिया थालिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : ०९ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००