पाकिस्तानमा संसद्सँग कुनै अधिकार छैन : एमक्यूएम प्रमुख हुसैन | Khabarhub Khabarhub

पाकिस्तानमा संसद्सँग कुनै अधिकार छैन : एमक्यूएम प्रमुख हुसैन


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको मुत्थैदा कोमी मुभमेन्ट (एमक्यूएम) पार्टीका प्रमुख अल्ताफ हुसैनले पाकिस्तानी संसद्सँग स्वायत्तता नभएको आरोप लगाएका छन् ।

हाल बेलायतमा निर्वासित जीवन बिताउँदै आएका नेता हुसैनले आफ्नो मुलुकको सबै शक्ति सेनाको हातमा रहेकाले संसद्सँग कुनै किसिमको शक्ति वा स्वायत्तता नभएको बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार लण्डनमा आयोजित एक कार्यक्रममा हुसैनले पाकिस्तानी न्यायपालिका पनि स्वतन्त्र नभएको उल्लेख गरे । उनले पाकिस्तानमा बसोबास गर्ने पञ्जाबी, सिन्धी, बलोच, मुहाजिरजस्ता समुदायको अस्तित्वलाई नमान्नु यथार्थलाई अस्वीकार गर्नुजस्तो हुने बताए ।

उनले पाकिस्तानी सेनामा पञ्जाबीको दबदबा रहेको समेत आरोप लगाए । उनले सेनामा ८० प्रतिशत पञ्जाबी र बाँकी २० प्रतिशत पश्तुन समुदायका मानिसहरू रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : २० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास