राजनीति

लेबनानमा रहेका नेपालीको सुरक्षामा कांग्रेसको चासो

By खबरहब

October 01, 2024

काठमाडौं– नेपाली कांग्रेसले लेबनानमा रहेका नेपाली नागरिकको सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले लेबनानबाट फर्किन चाहने नागरिकलाई स्वेदश फिर्तीको व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेको छ ।

बैठकले इजरायल–लेबनान युद्धबाट त्यहाँका नेपाली नागरिक जोखिममा रहेका हुँदा उनीहरूको सुरक्षा र इच्छुकहरूको सकुशल स्वेदश फिर्तीको व्यवस्था मिलाउन सरकारसँग माग गर्ने निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।