वर्षाले २० जिल्लामा साढे ३ अर्ब बराबरको धानबाली नष्ट « Khabarhub

वर्षाले २० जिल्लामा साढे ३ अर्ब बराबरको धानबाली नष्ट


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असोज १० गतेदेखि परेको अविरल वर्षाले तीन अर्ब ५० करोड बराबरको धानबाली नष्ट भएको जनाएको छ ।

मन्त्रालयले मंगलबार तथ्यांक सार्वजनिक गर्दै तीन दिनसम्म लगातारको वर्षाले ५८ हजार ४७६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट हुँदा तीन अर्ब ५० करोड बरावरको क्षति भएको जनाएको हो ।

मन्त्रालयका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा धानबाली नष्ट भएको छ ।

अविरल वर्षाले खोटाङामा एक हजार तीन सय हेक्टर क्षेत्रफलमा लगाइएको अलैँची खेती नष्ट हुँदा ७० करोड बरावरको क्षति भएको पनि जनाएको छ ।

यस्तै पर्सामा ८५ हेक्टर क्षेत्रफलमा लगाइएको उखु नष्ट हुँदा ३४ करोड बराबरको क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

वर्षापछि आएको बाढीका कारण धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा माछापोखरीमा क्षति हुँदा एक अर्व १३ करोड बराबरको क्षति भएको छ ।

पाँचथर, धनकुटा र तेह्रथुममा २४ पशुगोठमा क्षति भएको छ । पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, ललितपुर, मधेश प्रदेशका सबै जिल्लामा २६ हजार २०५ पशुपन्छी मरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : ५७ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने