बिहारमा पुगेपछि फुट्यो कोशी, कयौँ भारतीय गाउँ जलमग्न « Khabarhub

बिहारमा पुगेपछि फुट्यो कोशी, कयौँ भारतीय गाउँ जलमग्न


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिमानी पानीको बहाव बोकिरहेको कोशी नदी भारतको बिहारमा पुगेपछि फुटेको छ ।

कोशी नदी दरभंगा जिल्लाको किरातपुर ब्लकस्थित भुभौग गाउँनजिकै सोमबार राति पश्चिमी बाँध फुटाएर बस्तीमा पसेको हो ।

कोशी नदी फुट्दा बिहारका कयौँ गाउँ अहिले जलमग्न छन् । बाँध फुटेर कोशी बस्तीमा पसेको क्षेत्रमा मंगलबार बिहारका मुख्यमन्त्री नीतिश कुमारसहितले हवाई निरीक्षण गरेका छन् ।

बाँध फुट्दा दरभंगा जिल्लाका कयौँ गाउँ बाढीको चपेटामा परेको बिहार सरकारको जल संशाधन विभागले मंगलबार जनाएको छ । सरकारी अधिकारीहरूले बाढी र तटबन्धको अवस्थाबारे समीक्षा गरिरहेका छन् ।

गाउँलाई डुबानबाट बचाउन युद्धस्तरमा काम गर्न सम्बन्धित निकायहरूलाई मुख्यमन्त्री नीतिशकुमारले निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा तत्कालै सुरक्षा सहयोग पुर्‍याउन सरकारी अधिकारीलाई निर्देशन दिइएको विभागले जनाएको छ ।

बाँध फुटाएर कोशी बस्तीमा छिरेको क्षेत्रमा मंगलबार नै दुई लाख थान तटबन्ध प्रतिरोधक झोलाहरू र पाँच लाख ७ हजार नाइलन क्रेट तयारी अवस्थामा राखिएको छ । बाढी नियन्त्रणबाहिर गएकाले अहिले प्रभावित क्षेत्र जलमग्न छन् । प्रभावितहरुको संख्या एकिन नभइसकेको बिहार राज्य सरकारले जनाएको छत्त।

ग्रामीण गणेश मुखियाका अनुसार तटबन्ध फुटेका कारण मुसहरी र कनुन टोलाका बासिन्दा धेरै प्रभावित भएका छन् । यही बस्तीका तीन स्थानीयलाई कोशीको बहावले बगाएर लगेको छ ।

कोशीले बाँध फुटाएर गाउँमा पस्दा भुभौल गाउँमा पति-पत्नीसहित तीन स्थानीय बेपत्ता छन् । सोमबार राति तटबन्ध फुटेपछि कयौँ मानिसले घर छाडेका थिए । अन्य मानिस भागे पनि उनीहरू तीनजना बाँध फुटेर गाउँ पसेको कोशीसँगै बगेको बताइएको छ ।

यसैबीच बिहारको जल संशाधन विभागका मन्त्री विजय चौधरीले बाढीबारे पत्रकारसँग सवाल-जवाफ गरेका छन् । उनले पहिलो पटक नेपालमा एकसाथ यति धेरै पानी परेको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

यसैकारण नेपालका धेरै नदीमा विशाल बाढी आएको पनि उनले बताए। उनका अनुसार ५६ वर्षयता पहिलो पटक कोशी ब्यारेजमा कीर्तिमानी ६ लाख ६१ हजार क्युसेक पानी बगेको पनि उनले बताए ।

अर्कातिर गण्डक ब्यारेजमा २१ वर्षमा पहिलो पटक ५ लाख ६२ हजार क्युसेक पानी बगेको छ । यहीकारण कोशी, गण्डक बागमती, महानन्दा र अन्य नदीमा विशाल बाढी आयो । अहिलेसम्म नेपालबाट गएका नदीले बिहारमा सातवटा तटबन्ध तोडिसकेका छन्।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ६ : ३० बजे

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको