रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु « Khabarhub

रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा पश्चिम उत्तरी भेग फतुवा-विजयपुरमा जंगली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट घरभित्र सुतिरहेकी महिलाको मृत्यु भएको हो ।

मृतकका श्रीमान भने भागेर ज्यान बचाउन सफल भएका छन् । फतुवा बिजयपुर-११  बुट्वा राङि गाउँमा शुक्रबार बिहान आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० बर्षिया पातली तामाङको मृत्यु भएको मेयर अजय तिमल्सिनाले बताएका छन् ।

हात्तीले मृतकको घर पूर्ण रुपमा क्षति पुर्याएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर ईन्द्रमणि अधिकारीले घटनाको पुष्टि गरेका छन् । जंगली हात्तीले एक्कासि घर माथि आक्रमण गर्दा मृतकको श्रीमान भागेर ज्यान बचाएका थिए । 

हाल नेपाल प्रहरी, डिभिजन बन कार्यालय चन्द्रिगाहपुर र सशस्त्र बेस क्याम्प बिजयपुरको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ९ : ०८ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या