‘तिहारमा रंग र चिल्लोबाट बचौं’ | Khabarhub Khabarhub

‘तिहारमा रंग र चिल्लोबाट बचौं’

दोस्रो पटक प्रयोग गरेको तेल विष बन्छ


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तिहार भन्ने बित्तिक्कै सेललगायत फिनी, अनरसा, खुर्मा विभिन्न मिठाई, भाइमसला धेरै मात्रामा खाने गरिन्छ। यससँगै आजभोलि माछामासु पनि त्यत्तिकै मात्रामा खाने चलन छ। ठिक्क मात्रा मिलाएर शुद्ध तेलमा पकायौं भने थोरै मात्रामा खानु राम्रो नै हो। तर यी खानेकुरा पकाउँदा प्रयोग हुने तेल, अखाद्य रङ लगायतका रसायनयुक्त मिसावटले हाम्रो स्वास्थ्यमा धेरै असर गर्ने चिकित्सक बताउँछन्।

पोषणविद् बिनीता पन्त भन्छिन्, ‘चाडपर्व सकिएलगत्तै खानपिनकै कारण मुटुका समस्या, मधुमेहको मात्रा बढ्ने, मिर्गौलाका बिरामीमा फस्फोरस, पोटासियमको मात्रा बढेर आउने, उच्च रक्तचापको समस्या लगायतका विभिन्न समस्या लिएर बिरामी अस्पताल पुग्ने गर्दछन्।

थोरैथोरै मात्रामा चिल्लो गुलियो लगायतका खानेकुरा खाँदा खासै फरक पर्दैन। तर चाडबाड हो भन्दैमा एकैचोटी सबैखालका खानेकुराले हाम्रो स्वास्थ्यलाई एकदमै हानी गर्ने भएकाले खानपानमा ध्यान दिन उनको सुझाव छ।

मिठाई र रोटीको असर
तिहारमा सेलरोटी, खुर्मा, फिनी लगायत धेरै प्रकारका चिल्ला रोटीहरु खाने चलन पहिलेदेखि नै चलिआएको छ। शुद्ध तेलमा राम्रोसँग पकाएर सन्तुलित ढंगमा खानु त ठिकै हो। तर त्यो तेललाई हामीले कसरी प्रयोग गरिहेका छौं भन्ने मुख्य हो।

जस्तै पटकपटक एउटै तेललाई तताएर प्रयोग गरेमा त्यसबाट ट्रान्सफ्याट उत्पादन हुन्छ, जुन विष बराबर हो। पोषणविद् पन्तकाअनुसार त्यसले हाम्रो समग्र स्वास्थ्यसँगै मुटुको समस्या निम्त्याउँछ। गुलिया चिज बढी मात्रामा चिनी खायो, मिठाइ खायो भने मधुमेहको मात्रा बढेर जान्छ। त्यसैमाथि मिठाइमा प्रयोग गरिने कलर अझ घातक हुने उनको भनाइ छ।

मिठाइमा विभिन्न रसायन मिसाइएकोे हुन्छ। जसको अनुगमन हुँदैन। अझ कति खाद्यान्नमा कतिकति कलर हाल्ने भनेर मापदण्ड अनुसार कुनै पनि ठाउँमा यसको प्रयोग नै भएको देखिँदैन। यो कलर एकदमै विशाक्त हुन्छ। यी सबै खानेकुरा सन्तुलित मिलाएर खायो भने स्वास्थ्यलाई फाइदा पुग्छ।

ड्राइफुड कति खाने ?
तिहारमा सेलसँगै ओखर, बदाम, काजु, पेस्ता लगायतका खानेकुरा खाने गर्दछौं जुन भनेको जिँक, फस्फोरस, पोटासियम लगायतको एकदमै राम्रो स्रोत हो, यसले हाम्रो स्वास्थ्यमा धेरै फाइदा गर्छ। उनका अनुसार आइसिएमआरले तोकेअनुसार दिनमा ३० देखि ४० ग्रामसम्म नट्स खानुपर्छ।

त्यो मात्रामा खाइयो भने स्वास्थ्यमा फाइदा पुग्छ। रोटीको चिल्लो पनि धेरै खाइयो र फलफूल तरकारी खाइएन भने त्यसले शरीरमा नकारात्मक प्रभाव पर्छ। तरकारी फाइबरयुक्त हुन्छ, यसले चिल्लोलाई शोषण गरेर शरीरबाट बाहिर पठाउने काम गर्छ। यसरी खानेकुरा मिलाएर खान सकेनौं भने अस्वस्थकर हुन्छ र हाम्रो स्वास्थ्यमा विभिन्न खाले समस्या आउन सक्ने उनले बताइन्।

कस्तो तेलको प्रयोग गर्ने ?
अहिले धेरैले प्रयोग गर्ने भनेको यूर्यमुखी, भटमास र तोरीको तेल हो। यो कति शुद्ध छ ? यी तेल हामीले घरमै पेलेको त प्रयोग गर्दैनौँ। बजारबाट किन्ने हो भने तोरीको दाना किन्दा १ केजीकै चार सय पर्छ। तेल हामीले दुई सयमा पाउँछौं, यसैको आधारमा भन्ने हो भने पनि यो तेल कति शुद्ध छ त्यो अनुगमन गर्ने निकायलाई थाहा होला।

घरकै तोरी अथवा सनफ्लावरको तेल वा घिउको प्रयोग गरेमा अझ राम्रो हुने उनको भनाइ छ। तिहारमा पकाएका रोटी हामीले लामो समयसम्म खाने गर्दछौं। यसरी घरकै तेल अथवा घिउमा राम्रोसँग पकाएको छ भने कहिलेकाहीँ थोरै मात्रामा खाँदा खासै फरक पर्दैन तर बजारको तेलमा तारेका राम्रोसँग नपाकेका खानेकुरा चाँडो बिग्रिने भएकाले लामो समयसम्म प्रयोग नगरेकै राम्रो हुन्छ। किनकी यसले ग्याष्ट्राइटिस, मधुमेह लगायतका समस्याहरु बढाउनेतर्फ चिकित्सकहरुले सचेत गराएका छन्।

रंग नमिसाएका रोटी तथा मिठाई खानुपर्छ
कलरको मापदण्ड अनुसार प्राकृतिक रंग पनि १ केजी बराबर शून्य दशमलव शून्य बराबर प्रयोग गर्नु भनिएको छ। तर त्यसरी नापेर कसैले पनि प्रयोग गरेको प्राय पाइँदैन। अझ कतिपय ठाउँमा प्राकृतिक नभएर केमिकल नै प्रयोग गरिएको पाइन्छ। जस्तै हाम्रै गाउँघरतिर पनि पहिले पहिले टीका लगाउने रंग प्रयोग गरेको हामीले देखेका छौँ। ती रंग त खान योग्य नै होइन। त्यस्ता रंगले हाम्रो आन्द्रा लगायत शरीरका विभिन्न भागमा असर गर्ने भएकाले सकेसम्म बिना कलरका रोटी प्रयोग गर्नु राम्रो मानिन्छ।

चिल्लो काट्न के खाने ?
चिल्लो खाना खाँदा फाइबरयुक्त खाना जस्तै साग सब्जी खानु राम्रो मानिन्छ। हामी चिल्लो रोटीसँगै मासु खान्छौं, जसले हाम्रो स्वास्थ्यमा झन धेरै असर गर्छ। त्यसैले रोटीसँग मासु भन्दा पनि सागसब्जी प्रशस्त मात्रामा खान पोषणविद् पन्तको सुझाव छ।

उनी भन्छिन्, ‘दैनिक खाने सागसब्जीको मात्रालाई चिल्लो खाने दिनमा अझै बढाऔँ। मेडिकल रिसर्च काउन्सिलले तोकेको भनेको दिनमा दुई सय ग्राम जति हरियो तरकारी, सय ग्राम जति सागसब्जी र अन्य तरकारी गरेर लगभग तीन सयदेखि पाँच सय ग्राम तरकारी हामीले खानुपर्ने हो।

चिल्लो खानेकुरा खाएको दिनमा यसको मात्रा अझै बढाएर खाऔं, जसले हाम्रो रगतमा चिल्लोको मात्रा बढ्न दिँदैन र विभिन्न रोग लाग्नबाट पनि बचाउँछ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ९ : ४२ बजे

इजरायली आक्रमणमा प्यालेष्टिनी प्रहरी प्रमुखसहित २५ व्यक्तिको मृत्यु

गाजा – इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर

बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको

विमानको आपतकालीन ढोका खोल्ने यात्रुलाई जरिवाना

काठमाडौं – विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको

बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार

बर्दिया – बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिकमार्फत नगसर्ने रोगको निःशुल्क उपचार

दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

गुल्मी – कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ