तुलसीपुर मेट्रो कलेजलाई आङ्गिक बनाइँदै « Khabarhub

तुलसीपुर मेट्रो कलेजलाई आङ्गिक बनाइँदै


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)लाई लुम्बिनी बौद्ध विश्वविद्यालयको आङ्गिक कलेज बनाउने तयारी गरेको छ । 

यसका लागि कार्यविधि निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काका अनुसार कार्यविधिलाई नगरसभाबाट अनुमोदन गरेर आङ्गिक बनाउने विषयमा विश्वविद्यालयसँग थप छलफल गरिने बताए।

‘एकातर्फ प्राविधिक विषय पढाइ हुन्छन्, अर्कोतर्फ आङ्गिक कलेजका रुपमा शिक्षण हुन्छ’,उनले भने’यसका लागि परामर्श बैठक भइरहेको छ ।’

 यो विषयमा विश्वविद्यालय पनि सकारात्मक रहेको उनको भनाइ छ । आङ्गिक भएमा शिक्षक कर्मचारीको भविष्य पनि उज्ज्वल  हुने उनको भनाइ थियो ।

अहिले कलेजमा सिटिइभिटी अन्तर्गत इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनीयरिङ, मेकानिकल इन्जिनियरिङ, फरेस्ट्री, फुड एण्ड डेरी, एग्रिकल्चर र फार्मेसी विषय पढाइ रहेका छन् । 

त्यस्तै विश्वविद्यालय अन्तर्गत वीएएलएलबी, वीएचटीएम, वीवीएका कक्षा भइरहेका छन् । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो गौरवको रुपमा मेट्रो कलेजलाई लिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १२ : २६ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया